आजको मौसम कस्तो ? यी स्थानमा वर्षा हुने
मेरोन्यूज
२०७८ फागुन १२ गते ६:५८

काठमाडौँ । हाल देशको पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । देशको सुदुर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । देशको सूदूर पश्चिम, कर्णाली र प्रदेश १ का पहाडी भूभागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै, महाशाखाले देशका पहाडी भूभागको थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । यसैगरी सबैमा आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु आग्रह गरिएको छ ।
सम्बन्धित















एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने
आगलागीले निस्सासिएकी वृद्धाको उद्धार
कहाँकहाँ स्थापना भए काठमाडौँका निर्वाचन कार्यालय ?
पूर्वप्रधानमन्त्री देउवा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
प्रतिक्रिया