मंगलबार, माघ ६, २०८२

करेन्ट लागेर सप्तरीमा मृत्यु

मेरोन्यूज २०७८ फागुन १२ गते ८:०७

काठमाडौँ । सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाढामा गए राति करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । स्थानीय ४२ वर्षीय महादेव साहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनएको छ ।

Advertisement
thakur moters insidethakur moters inside

घर नजिककै रहेको पोखरीबाट मोटर जडान गरी नयाँ घरमा पानी पठाउने क्रममा अचानक उनलाई करेन्ट लालेको थियो । करेन्ट लागेर घाइते भएका उनलाई तत्कालै उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

प्रतिक्रिया