माओवादी केन्द्रको बैठक बस्दै, एमसीसी र सरकारबाट हट्नेबारे छलफल हुने

काठमाडौँ । सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रको बैठक बस्ने भएको छ । पार्टी कार्यालय पेरिस डाँडामा केन्द्रीय कार्य समितिको बैठक बस्ने भएको हो ।
अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)बारे छलफल गर्न माओवादीको बैठक बस्न लागेको हो । आजको बैठकले एमसीसीका साथै सरकारमा रहने वा नरहने भन्ने विषयमा समेत टुंगो लगाउने एक नेताले जानकारी दिए ।
सरकारले बिहीबार संसदमा एमसीसीमाथि छलफल गर्ने भने पनि एक्कासी स्थगित गरिएको थियो । संसद स्थगित भएसँगै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोलीबीच भेट वार्ता भएको थियो ।
दुई नेताको भेट सकिएसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरू र ओलीबीच वार्ता भएको थियो ।
सत्ता गठबन्धन दल माओवादी केन्द्रसहित नेकपा एकीकृत समाजवादी यथास्थितिमा एमसीसी संसदबाट पास गर्न नहुने पक्षमा छ । यस्तै प्रधानमन्त्री देउवा जसरी भए पनि एमसीसी पास गर्ने पक्षमा रहेका छन् भने एमालेले आफ्नो माग पूरा भए सरकारलाई साथ दिन बताउँदै आएको छ ।
















Hetauda Cement Industry resumes clinker production
प्रहरी घेरा ताेडेर सिंहदरबार गेटमा पुगे एमालेका कार्यकर्ता
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
एमाले प्रदर्शनले माइतीघर, बबरमहल क्षेत्र तनावग्रस्त
सानेपामा कांग्रेसको ‘संसदीय सचेतना कार्यक्रम’
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रतिक्रिया