भायानेट मिनी प्याकमा टिभी हेर्न पाउने

काठमाडौँ । इन्टरनेट सेवा कम्पनी भायानेटले भायाटिभीसहित मिनी प्याकको नयाँ अफर सुरू गरेको छ । ग्राहकले आठ सय रुपैयाँमा ७५ एमबीपीएसको इन्टरनेट प्याकेजको मासिक सब्स्क्रिप्शनसँगै निःशुल्क भायाटिभी प्राप्त गर्ने छन् ।
यस अफरमार्फत ग्राहकले उच्च–गतिको इन्टरनेट सेवाका साथै १७५ भन्दा बढी च्यानल, चलचित्र हेर्न सक्ने छन् । यसअघि भायनेटले मिनी प्याकमा ७५ एमबीपीएस हाइस्पिड इन्टरनेटसहित निःशुल्क एनसेल सिम र ४८ जीबी मोबाइल डाटा उपलब्ध गराएको थियो ।
यसबाहेक भायाटिभीको सेट–उप बक्समा ‘पज एण्ड प्ले’को सुविधा रहेको छ । जसमार्फत प्रयोगकर्ताले लाइभ टिभी कार्यक्रम पज गरी पछि हेर्ने फाइदा लिन सक्ने छन् । मिनी प्याकका सब्स्क्राइबरहरूले भायाटिभीको सेवा आफ्ना मोबाइल उपकरणमा पनि प्राप्त गर्न सक्छन् । प्रयोगकर्ताले गुगल प्लेस्टोर वा एप्पल एप स्टोरमार्फत भायाटिभी एप डाउनलोड गरी आफ्नो उपकरणबाट सुविधाहरू लिन सक्ने छन् ।
















६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
कुलमानलाई पराजित गर्दै काठमाडौँ–३ बाट रास्वपाका पाण्डे विजयी
कतारी नौसेना बहराइनमा सुरक्षित
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
कतारमा संदिग्ध १० इरानी जासुस पक्राउ
इरानी आक्रमणमा मारिएका चार अमेरिकी सैनिकको पहिचान सार्वजनिक
शंकास्पद वस्तुसहित पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ
आजकाे विदेशी मुद्राको विनिमयदर : युराे घट्याे
प्रतिक्रिया