चीन र रुसका विदेश मन्त्री फोनवार्ता
मेरोन्यूज
२०७८ फागुन १३ गते १३:११
काठमाडौँ । चीनका विदेशमन्त्री वाङ यी र रुसका विदेशमन्त्री सेर्गेइ लाभरोभबीच फोनमा वार्ता भएको समाचारमा जनाइएको छ । उनहरूका बीचमा बिहीबार फोनवार्ता भएको छ । बिहीबार नै रुसले युक्रेनमा सैन्य हमला थालेको थियो ।
त्यसपछि बिहीबार राति उनीहरुका बीचमा फोनवार्ता भएको समाचारमा जनाइएको छ । सो फोनवार्ताका क्रममा रुसी विदेशमन्त्री लाभरोभले युक्रेनमा रुसले गरेको हमलाको बारेमा जानकारी गराएका थिए ।
रुसले बिहीबारदेखि युक्रेनमा सैन्य हमला गरिरहेको छ । युक्रेनका कैयौँ सहरमा रुसको सेनाले हलाई हमला गरिरहेका बताइएको छ ।
फोनवार्ता खासगरी युक्रेनमाथिको हमला र त्यसका कारण विश्वमा उत्पन्न भएको राजनीतिक तरंगका विषयमा केन्द्रित रहेको समाचारमा जनाइएको छ ।
सम्बन्धित
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया