शनिबार, फागुन २३, २०८२

मिस इन्डिया सुस्मिता सेनलाई सिंगारेर सुरु भएको सैलुन

नेपालमा ७ र भारतमा १२ वटा ब्राञ्च

नरेन्द्र रौले २०७८ फागुन १४ गते १६:४९

काठमाडौं । हेयर एण्ड शान्तिको सातौं ब्राञ्च दरबारमार्गमा खोलेपछि निर्देशक तथा हेयर स्टाइलिस्ट अनुजा श्रेष्ठ कम्ती खुसी थिइनन् । नहुन् पनि किन भारतबाहेक नेपालमा उनले सैलुनले नयाँ शाखा बिस्तार गरेको थियो ।

सैलुनको क्षेत्रमा हेयर एण्ड शान्तिले आफ्नै ब्राण्ड स्थापित गरिसकेको छ । सामान्य नागरिकदेखि विभिन्न पेशा, व्यवसायमा संलग्न व्यक्तिहरुले यो सैलुनलाई रोज्ने गरेका छन् ।

दरबारमार्गको दरबार मलमा सातौं ब्राञ्च बिस्तार गरेको हेयर एण्ड शान्ति २२ वर्ष अगाडि भारतबाट सुरु भएको हो । भारतका बिभिन्न शहरमा १२ वटा ब्राञ्च विस्तार गरेको यस सैलुनले नेपालमा १ करोड रुपैंयाँको लगानीमा सातौं शाखा विस्तार गरेको हो । यस सैलुनले झण्डै ३ सय भन्दा बढीलाई रोजगारी प्रदान गरेको छ ।

नेपालका बिभिन्न ब्राञ्चमा काम गर्ने स्टाफहरुलाई भारतमा तालिम प्रदान गरिएको हो । हेयर, ब्युटी, नेल लगायतका विषयमा तालिम लिएपछि स्टाफहरुले दिने सेवा अझ प्रभावकारी छ ।

दरबारमार्गमा खुलेको हेयर एण्ड शान्तिले स्याम्पु विद् बडी मसाज, पेडिक्योर विद् मसाज मेनिकेयोर, फेसियल र नेल आर्ट लगायत नयाँ–नयाँ सुविधा ल्याएको छ । ‘कोभिडको लहर नआउँदै हामीले खोल्ने योजना बनाएका थियौं । संरचना चयार पनि हँुदै थियो,’ निर्देशक तथा हेयरस्टाइलिस्ट अनुजा श्रेष्ठले भनिन्, ‘बीचैमा कोरोनाको अर्को लहर आउने हल्ला चल्यो । तैपनि रोक्न मन लागेन ।’

यस्तो छ, हेयर एण्ड शान्तिको इतिहास

सन् १९९४ मा मिस ईन्डिया सुस्मिता सेनले मिस युनिभर्समा भाग लिएकी थिइन् । सुस्मितालाई सिंगार्ने अवसर पाएकी थिइन्, चितवन, नारायणघाट स्थयी घर भएर नयाँ दिल्ली बसोबास गरिरहेकी विश्व शान्ति श्रेष्ठले ।

भारतीय सुन्दरी सुस्मिता सेनले विश्व सुन्दरीको ताज जितेसँगै सुस्मिता सेनलाई सिंगार्ने विश्व शान्तिको प्रसिद्धि गयो । उनमा हौसला पनि थपियो ।

सन् २००१ मा दक्षिण दिल्लीको साउथ एक्सटेन्शन पार्ट २ मा ३ सय स्क्वायर फिट्को सानो क्षेत्रफल भाडामा लिएर आफ्नै सैलुन स्थापना गरिन् । यसरी सुरु भएको थियो, हेयर एण्ड शान्ति ।

नयाँ सैलुन भएपनि ग्राहकहरुको चाप बढ्दै गयो । मानिसहरुको भीड यति बढ्न थाल्यो कि यो ठाउ नै साँघुरो भईदियो । त्यही ठाउमा तीन हजार फिट्को आफ्नै व्यवसायिक भवन खरिद गरेर हेयर एण्ड शान्तिले आक्रामक रुपमा अघि बढ्यो । विश्व शान्तिलाई दरिलोसँग साथ दिईन्, उनकी बहिनी अनुजा श्रेष्ठले ।

अनुजाले पिभोट प्वाइन्ट एकेडेमीबाट ब्युटिसियनको तालिम लिएकी थिइन् । यस एकेडेमीबाट उत्कृष्ट भएर निस्किएकी अनुजाले हेयर एण्ड शान्तिमा जोडिएर काम गर्न थालिन् । उनले ग्राहकलाई सेवा दिन थालिन् । उनी नयाँ–नयाँ कुरा सिक्नमा रुची राख्थिन् । उनको त्यही रुची बुझेर दिदी विश्व शान्तिले सिंगापुरस्थित टोनी एण्ड गाए एकेडेमीमा उच्च शिक्षाको लागि पठाइन् ।

सिंगापुरबाट फर्केपछि भारतको सबैभन्दा ठुलो व्यापारीक कम्प्लेक्स एम्वियन्स मलमा शाखा खोलिन् । त्यसपछि क्रमश: राजधानी नयाँ दिल्ली लगायत अन्य शहरहरूमा हेयर एण्ड शान्तिको शाखा विस्तार गरियो । दिदी शान्तिसँगै अनुजाले लण्डनको टोनी एण्ड गाए एकेडेमी, लण्डनकै स्याक्स एकेडेमी र लण्डन कै भिडाल्सा सेसुन एकेडेमीबाट हेयर कट्, हेयर स्टाईलिस्ट र कलरिङमा मास्टर्स गरिन् ।

दक्षिण कोरियाबाट थप शिक्षा लिदै श्रीलंका, बाली, दुबई, हङकङ, साउथअफ्रिका, टर्की, स्पेन, जर्मनी, इटली, फ्रान्स, स्वीट्जरल्याण्ड, हल्याण्ड, ग्रीस, चेक रिपव्लिक, स्पेन, क्रोएसिया, अष्ट्रेलिया लगायत देशहरुमा आयोजित फेशन शो, तालिम र सेमिनारहरुमा उनले लिइन् ।

हेयर एण्ड शान्तिले नेपालीलाई मात्र होइन, भारतीयहरुलाई पनि रोजगारी दिएको छ । तालिम, सेवा, सुविधा र तलब राम्रो भएकाले स्टाफहरुले लामो समयसम्म यसमै काम गर्ने गरेका छन् । तिनैमध्येका एक हुन्, धादिङ घर भएका रवी ढकाल ।

उनले हेयर एण्ड शान्तिमा काम गरेको १५ वर्ष भयो । हेयर कटिङ र कलरिङ गर्ने ढकालले सुरुमा तीन वर्ष पेडिक्योरको काम गरे । १३ वर्ष यता हेयर कटिङको काम गरेका उनले कहिल्यै विदेश जाने रहर पालेनन् । उनी जस्तै लामो समय यस सैलुनमा काम गरेका थुप्रै स्टाफहरु छन् ।

Advertisement
nepal life insurencenepal life insurence

सेलिब्रेटिको रोजाई बन्दै

हेयर एण्ड शान्तीमा बैंकर्स, राजदुत, व्यापारी र कलाकारले सेवा लिने गरेका छन् । अहिलेसम्म चर्चित अभिनेत्री रेखा थापा, पल शाह, पुजा शर्मा, दिपाश्री निरौला, छुल्ठिम गुरुङ, प्रशान्त ताम्राकार, रमेश उप्रेती, पूर्व मिस नेपाल अश्मि श्रेष्ठ, अभिनेत्री वर्षा राउत, गायक रामकृष्ण ढकाल, प्रमोद खरेल, गायक हिमाल सागर लगायत दर्जनौं सेलिब्रेटी नियमित रुपमा हेयर एण्ड शान्तीमा सेवा लिने गरेका छन् । हेयर एण्ड शान्तिले लोरेल र म्याट्रिक्स, ओथ्री प्लस, कस्मारा ब्राण्डका सामान प्रयोग गर्दै आएको छ ।

सिक्ने खोज्नेहरुलाई अवसर

हेयर एण्ड शान्तिले जावलाखेलमा ब्युटी, हेयर, नेल सम्बन्धि तालिम प्रदान गर्दै आएको छ । विदेश जाने, स्वदेशमा अवसर खोजिरहेकाहरु यस एकेडिमीमा आउने गर्छन् ।

स्टुडेन्ट भीसामा विदेश जानेहरु यहाँ सिक्न आउने गरेको अनुजाले बताइन् । प्लस टु गरेका, यस पेशामा रुची भएकाहरुलाई स्वदेशमा प्रशस्त सम्भाबना भएको उनी बताउँछिन् । ‘राम्रो सीप हुनेहरुलाई विदेश जानै पर्दैन ।’ उनी भन्छिन्, ‘विदेशमा मजदुरी गर्नु भन्दा नेपालमै काम पाउन सजिलो छ ।’

हेयर एण्ड शान्तीको फड्को तिव्र गति अघि बढेको छ । अनुजा एक्लै छैनन्, यो यात्रामा । उनका पति राजकुमार, घर, परिवार, साथीभाई र आफन्तहरुको उनलाई ठूलो साथ र सहयोग छ । नेपालमा अन्य ठाउमा पनि ब्राञ्च विस्तार गर्ने तयारी रहेको उनले बताइन् । आफूलाई सफल बनाउन धेरैको भूमिका भएको उनले सुनाइन् ।

यस सैलुनले भारतमा एन आई एस ओ सर्टिफाईड एनएस ९००१:२००८ प्राप्त गरेको थियो । टाईम्स सर्भिस ऐक्सेलेन्स एवार्ड २००९/१० मा वेस्ट युनिसेक्स सैलुन विधामा यो सैलुन प्रथम भएको थियो । सन् २०१६ मा ग्लोबल क्वालिटी अवार्डलेसमेत सम्मानित पनि भईसकेको छ ।

हेयर एण्ड शान्तीको जग बसाउने विश्व शान्ती केही वर्षअघि श्रीमानसँग मर्निङ वाकमा हिंडिरहेका बेला तिव्र गतिमा आईरहेको कारको ठक्करले गम्भिर घाइते बनायो । तुरुन्तै उपचारका लागी अस्पताल पुर्‍याइयो । झण्डै २ महिना अस्पतालमा उपचार गरिसकेपछि उनी निको त भइन् । तर, एउटा हात र एउटा खुट्टा चल्न नसक्ने अवस्था बन्यो ।

दुर्घटनामा उनको दिमागमा पनि नराम्रोसँग चोट पर्‍यो । उनले नेपालमा शाखा विस्तार गर्न उहिल्यै चाहेकी थिइन् । नेपालमा हेयर एण्ड शान्तिका शाखाहरु त बिस्तार हुँदै गए तर उनी आफै नेपाल आएर हेर्न नसक्ने भइन् ।

प्रतिक्रिया