टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु
मेरोन्यूज
२०७८ फागुन १४ गते १८:४८

डडेलधुरा । डडेल्धुरा सदरमुकाम नजिक टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा टिपर चालक अजयमेरु–२ का २३ वर्षीय दीपकसिंह ऐर रहेको प्रहरीले जनाएको छ ।
आज अपराह्न अमरगढी नगरपालिका–५ बगरबाटास्थित रानीधाराको भिरबाट सुप००१क १८७९ नंको टिपर दुर्घटना भएको हो । करिब २०० मिटर तल टिपर खस्दा चालकको मृत्यु भएको हो ।
जिल्ला सदरमुकामको कीर्तिपुर बजारबाट बागबजार जाने क्रममा उक्त टिपर दुर्घटना भएको हो । दुर्घटनामा सहचालक जिल्ला दाङ घर भएका १६ वर्षीय अशिम चौधरी घाइते भएका छन् ।
घाइतेको खुट्टा र छातीमा चोट लागेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
टिपर ब्याक गर्दा खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको डेल्धुराका प्रहरी निरीक्षक तथा प्रवक्ता राजेन्द्रबहादुर चन्दले जानकारी दिए ।
सम्बन्धित














नबिल बैंकका अध्यक्ष चौधरीले लिए शपथ
तिङ्कर नाका नियमित नहुँदा व्यापार प्रभावित
NC President Deuba shows flexibility to prevent party split
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
थाइल्याण्डमा गुडिरहेको रेलमा क्रेन खस्दा २२ जनाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
प्रतिक्रिया