अपराजित रहँदै मछिन्द्र बन्यो ‘ए’ डिभिजन लिग च्याम्पियन
ब्रिगेड ब्वाइज र च्यासल रेलिगेशनमा

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा अपराजित रहँदै मछिन्द्र क्लव लिग च्याम्पियन बनेको छ ।
दुई खेलअघि नै उपाधि जितेको मछिन्द्रले लिगको अन्तिम खेलमा शनिवार सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई २–१ गोलले पराजित ग¥यो ।
मछिन्द्रका लागि खेलको ४२ औं मिनेटमा अभिषेक गुरुङ र ८१ औं मिनेटमा रेजिन सुब्बाले गोल गरेका थिए ।
एपीएफका लागि खेलको ६९ मिनेटमा प्रदीप लामाले गोल गरेका थिए ।
खेल सकिन एक मिनेट बाँकी रहँदा सोनाम भुटियाले रातो कार्ड पाएर बाहिरिएपछि मछिन्द्र दश खेलाडीमा सीमित बनेको थियो ।
३५ अंकका साथ लिग च्याम्पियन बनेको मछिन्द्रले १३ खेलमध्ये ११ खेलमा जित्दा २ बराबरी खेलेको हो ।
लिगमा २३ अंक जोड्दै आर्मी क्लव दोस्रो तथा बराबरी अंकका साथ एनआरटी २३ तेस्रो बन्यो ।
यो सिजनको ए डिभिजन लिगमा नवप्रवेशी सातदोबाटो युथ क्लब २१ अंकसहित चौथो, मनाङ मर्स्याङ्दी क्लब २१ अंक नै जोडेर पाँचौ बनेको छ ।
यस्तै, थ्रीस्टार १९ अंक जोड्दै छैटौं हुँदा १६ अंकका साथ संकटा सातौं, एपीएफ १५ अंक जोड्दै आठौं, जावलाखेल १४ अंकका साथ नवौं र हिमालयन शेर्पाले पनि १४ अंक जोडेर दशौं स्थानमा रहन पुगेको छ ।
यस्तै, क्रमशः नेपाल पुलिस क्लब (१२ अंक), फ्रेन्ड्स क्लब (११ अंक) एघारौं र १२ औं स्थानमा रहे ।
लिगमा ब्रिगेड ब्वाइज र च्यासल रेलिगेशनमा परेर ‘बी’ डिभिजनमा झरेको छ । ब्रिगेड ब्वाइजले ८ अंक र च्यासलले ६ अंक मात्रै जोड्न सके ।
















कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै
बैतडीमा ट्रक दुर्घटनाः चालकसहित चारजना घाइते
अमेरिकाले वास्तविकतामा युद्ध हारिरहेछ – इरान
बाढी-पहिरोले बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया