शनिबार, फागुन २३, २०८२

महालक्ष्मी बैंंकको २१.०५ प्रतिशतको लाभांश पारित

मेरोन्यूज २०७८ फागुन १५ गते १३:३९

काठमाडौँ । ‘सबल बैंक, सफल सहकार्य’को भिजनलाई आत्मसाथ गर्दै २७ वर्षदेखि अनवरत रुपले सञ्चालन भएको महालक्ष्मी विकास बैंक लिमिटेडकोे स्थगित २० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

यसैगरी वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०७७–७८ को सञ्चित मुनाफा रकमबाट शेयर धनीलाई हाल कायम चुक्ता पुँजीको २० प्रतिशतका दरले बोनस सेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश दिने भएको छ ।

सभाका अध्यक्ष उपाध्यायले शेयर धनीहरुबाट प्राप्त सल्लाह सुझावलाई शिरोधार्य गर्दै बैंकले आगामी दिनमा थप प्रगति हासिल गर्ने बताए । साथै शेयर धनी तथा बैंकसँग सम्बन्धित सम्पूर्ण सरोकार पक्षहरुले पुर्याउन भएको सहयोगको लागि धन्यवाद प्रकट गरे ।

स्थगित २० औँ वार्षिक साधारण सभाबाट संस्थापक समूह (क) बाट राजेश उपाध्याय, संजय गिरी र दिपक कुमार रौनीयार र सर्वसाधारण समूह (ख) बाट श्याम सुन्दर रुङ्गटा, राहुल अग्रवाल र रुपेन्द्र पौडेल संचालक पदमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया