बुधबार, जेठ १, २०८२

पल शाहविरुद्ध गैंडाकोटमा अर्को उजुरी दर्ता

मेरोन्यूज २०७८ फागुन १५ गते १५:४८

काठमाडौं । बलात्कार आरोपी अभिनेता पल शाहविरुद्ध इलाका प्रहरी कार्यालय नवलपुरको गैंडाकोटमा अर्को उजुरी दर्ता भएको छ ।
चार दिनअघि उनीविरुद्ध तनहुँमा बलात्कार आरोपमा नाबालिग एक गायिकाले उजुरी दिएकी थिए । उनकै उजुरीका आधारमा प्रहरीले शाहलाई पक्रन सर्कुलर जारी गरेको थियो ।
चार दिन फरार रहेका अभिनेता शाह । आईतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए । अहिले उनी प्रहरी हिरासतमै छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलिप गिरीले गैँडाकोटमा उजुरी परेसँगै अब आरोपित शाहलाई तनहुँबाट झिकाएर अनुसन्धान गर्ने बताए ।

प्रतिक्रिया