आइएमई पे र दराजबीच सम्झौता

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे र दराजवीच सम्झौता भएको छ ।
सम्झौतामा आइएमई पेको तर्फबाट सहायक महाप्रवन्धक प्रमोदमान सिंह बस्नेत र दराजका तर्फबाट साझेदारी प्रमुख अरूण फुँयालले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार हरेक आइतबार दराज वालेट डे हुनेछ । जस अनुसार आइएमई पे मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुटको रिडिम भाउचर पाउन सकिने साथै प्रयोगकर्ताहरुलाई आइएमई पे एप वा आइएमई पे भिसा कार्डको १० प्रतिशत छुट (रु. ३५० र रु. ५०० सम्मको) पाइने रिडिम भाउचर दराजको होम पेजमा प्रदान गरिने कम्पनीले जनाएको छ ।
उक्त अवसरमा बोल्दै आइएमई डिजिटल सोलुसन लिमिटेडका सहायक महाप्रबन्धक प्रमोद प्रमोदमान सिंह बस्नेतले यसअघि पनि आइएमई पे दराजको भुक्तानी पार्टनर रहि यस्ता विभिन्न छुट सम्बन्धित अफरहरु ल्याइसकेको र यो सम्झौताले पुरानो प्रयोगकर्ताहरुको साथै नयाँ प्रयोगकर्ताहरुलाई डिजिटल प्रविधि चलाउन प्रोत्साहन दिनेछन् भन्ने कुरामा विश्वस्त रहेको बताए ।
हरेक आइतवार वालेट डेको शुरुवात गरिएको उपलक्ष्यमा बोल्दै दराजका भुक्तानी र साझेदारी प्रमुख अरुण फँुयालले दराजमा आइएमई पे एप मार्फत भुक्तानी गर्दा सेवाग्राहीहरूलाई अझ सजिलो हुने र क्यास ब्याकको फाइदा पनि उठाउन सक्ने विश्वास ब्यक्त गरे ।

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया