आइतबार, पुष १३, २०८२

सुनको मूल्यमा एकैदिन उच्च वृद्धि

मेरोन्यूज २०७८ फागुन १६ गते ११:११

काठमाडौँ । नेपाली बजारमा सुन चाँदीको मूल्य पुनः उच्च रुपमा बढेको छ । अघिल्लो दिन १४ सय रुपैयाँले घटेको सुनको मूल्य आज सोमबार १६ सय रुपैयाँले वृद्धि भएको हो ।

बढेको मूल्यअनुसार आज छापावाला सुन प्रतितोला ९८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढ्दै ९७ हजार ७०० रुपैयाँ कामय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा ४५ रुपैयाँले वृद्धि भएको छ । आज चाँदीको मूल्य एक हजार ३४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया