रुसी मुद्रामा भारी गिरावट

काठमाडौँ । युक्रेन आक्रमणलाई लिएर रुसमाथि पश्चिमेली देशहरुले नयाँ प्रतिबन्ध लगाइरहेका बेला अमेरिकी डलरको तुलनामा रुसी मुद्रा रुबलको मूल्यमा ३० प्रतिशतले गिरावट आएको छ । त्यस्तै, डलरको मूल्यमा एक प्रतिशतले घटेको छ तेलको मूल्यमा वृद्धि भएको छ ।
देशका बैंक टाट पल्टने त्रास बढिरहेका बेला आइतबार रसियाको केन्द्रीय बैंकले शान्त हुन अनुरोध गरेको छ । बढ्दो तनावले ब्रेन्ट क्रुड तेलको मूल्य प्रति व्यारेल १०० डलरमाथि पुगेको छ । युरोपेली युनियन, अमेरिका र उसको गठबन्धनले रुसी बैंकलाई मुख्य अन्तर्राष्ट्रिय भुक्तानी गेटवे स्विफ्टबाट रोक्का गरेको छ ।
उनीहरुले रुसको केन्द्रीय बैंकमा रहेको सम्पत्ति रोक्का गर्दै देशको विदेशी भण्डारमा पहुँच गर्न सक्ने क्षमतालाई सीमित गरेका छन् । ‘अन्तर्राष्ट्रिय वित्तीय प्रणालीबाट रुसलाई थप अलग्याउने’ आफूहरुको उदेश्य रहेको अमेरिकी गठबन्धनको संयुक्त विज्ञप्तिमा भनिएको छ । आफ्नो तेल तथा ग्यास निर्यातका लागि रुस स्विफ्ट प्रणालीमा निर्भर छ ।

















सुनसरी – १ मा अग्रता बढाउँदै हर्क
तनहुँ – १ मा रास्वपा उपसभापति स्वर्णिम वाग्ले विजयी
सङ्खुवासभामा मतगणना सुरु
भक्तपर – २ मा ४२ हजार बढी मतसहित रास्वपाका राजीव खत्री विजयी, महेश पराजित
गोरखा – १ मा मतगणना सुरु
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
प्रतिक्रिया