मंगलबार, पुष १५, २०८२

थप १५८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

मेरोन्यूज २०७८ फागुन १७ गते १६:२९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १५८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको ६ हजार ५०४ जनाको परीक्षण गर्दा १५८ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

सो अवधिमा ४ हजार ४५८ पीसीआर परीक्षण र २ हजार ४६ एन्टिजेन परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घन्टाको अवधिमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरबाट ३५४ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको अध्यावधिक विवरणअनुसार, हाल देशभर ७ हजार ९७१ जना कोरोनाका सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया