महालक्ष्मी विकास बैंकका अध्यक्षले लिए गोपनियताको सपथ

काठमाडौं । महालक्ष्मी विकास बैंकका नव निर्वाचित अध्यक्ष राजेश उपाध्यायले पद तथा गोपनियताको सपथ लिएका छन् ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ बमोजिम नेपाल राष्ट्र बैंकमा मंगलबार आयोजित एक बिशेष समारोहकाबीच उपाध्यायलाई डेपुटी गभर्नर डा.निलम ढुंगाना तिम्सिनाले सपथ दिलाएकी हुन् । अन्य नव निर्वाचित सञ्चालकहरुलाई भने उपाध्यायले सपथ दिलाएका हुन् ।
महालक्ष्मी विकास बैंक लिमिटेडकोे मिति २०७८ साल फाल्गुन १३ गते सम्पन्न भएको बीसौं वार्षिक साधारणसभाबाट संस्थापक समुह (क) बाट राजेश उपाध्याय, संजय गिरी र दीपककुमार रौनीयार र सर्बसाधारण समुह (ख) बाट श्याम सुन्दर रmङ्गटा, राहुल अग्रवाल र रुपेन्द्र पौडेल संचालक पदमा निर्वाचित भएका थिए ।
सोहि दिन बसेको संचालक समिमितिको ५१८ औं बैठकले राजेश उपाध्यायलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको थियो ।
सञ्चालक बनेर आएका गिरी, रौनियार, रुङ्गटा, राहुल अग्रवाल र पौडेललाई अध्यक्ष उपाध्यायले पद तथा गोपनियताको सपथ दिलाएका छन् ।

















कैलाली–१ मा रास्वपाकी कोमल ज्ञवाली निर्वाचित
रास्वपा २७ स्थानमा विजयी र ९० क्षेत्रमा अगाडि, अन्य दलकाे अवस्था के ?
नेमकिपाकाे गढ भक्तपुर-१मा रास्वपाका रन्जित विजयी
झापा-५ मा ओलीभन्दा बालेन २९ हजार मतले अगाडि
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि
राष्ट्रिय सुरक्षा परिषदको बैठक जारी
प्रतिक्रिया