बुधबार, पुष १६, २०८२

बिहान खाली पेटमा भिजाएको चना खानुका फाइदै–फाइदा

मेरोन्यूज २०७८ फागुन १९ गते ७:२६


काठमाडौं । पछिल्लो समय समय मानिसहरुमा जंकफुडको प्रयोग बढ्दो छ । विभिन्न अध्ययनहरुले मानिसहरुमा खान नपाएर भन्दा पनि खान नजानेर स्वास्थ्यमा जोखिम नित्याइरहेका देखाएको छ ।

चनाआफैमा गुणकारी तरकारी हो ।पोषणविद्धहरुले हरेक उमेर तथा लिंगका मानिसहरुका लागि चना निकै लाभदायक खानेकुरा रहेको बताउँदै आएका छन् । बिहान खाली पेटमा भिजाएको चना खानुले झनै फाईदा गर्न उनीहरुको भनाई छ ।

यसमा हुने प्रोटिन, फाइबर, लवण तथा भिटामिनहरुले शरीरलाई स्वस्थ राख्न मद्धत गर्नुका साथै विभिन्न रोगहरुबाट पनि बचाउँने पोषणविद्धहरुको भनाई छ ।

हरेक बिहान भिजेको चना खानुका फाइदा यी हुन्

पोषणको मामिलामा चना निकै सस्तो, सुलभ तथा उपयुक्त विकल्प हो ।

चनामा प्रशस्त मात्रामा प्रोटिन पाइने हुनाले यसको नियमित सेवनले शरीरमा शक्ति प्रदान गर्छ ।
-चनामा भरपुर मात्रामा आइरन हुन्छ जसको सेवनले शरीरमा हेमोग्लोबिनको मात्रा बढउनमा मद्दत गर्छ र शरीरलाई स्वस्थ र फूर्तिलो बनाउन मद्दत गर्छ ।
-चनाको नियमित सेवन गर्नाले शरीरमा पाचन शक्तिलाई क्रियाशील बनाउन मद्दत गर्छ ।
-चनामा ग्लुकोजको मात्रा कम हुन्छ । यो डायबेटिज भएका मानिसका लागि उत्तम भोजन हो ।
-चनालाई तरकारीको रुपमा पनि उपयोगमा ल्याउन सकिन्छ । अंकुरित चनामा भिटामिन बी कम्लेक्स हुन्छ जसबाट शरीरलाई उर्जा प्राप्त हुन्छ ।
-रगतमा कोलेस्ट्रोलको मात्रा नियन्त्रण गरी मुटुलाई स्वस्थ राख्न तथा मुटु र रगत सम्बन्धी समस्याबाट जोगाउन पनि चनाले सहयोग गर्दछ ।
-चना आइरनको राम्रो श्रोत हो । भिजाएको चना नियमि
रुपमा खानाले रक्तअल्पताको समस्याबाट बच्न सकिन्छ ।
(पोषणविद्ध र एजेन्सीको सहयोगमा )

प्रतिक्रिया