बिहान खाली पेटमा भिजाएको चना खानुका फाइदै–फाइदा

काठमाडौं । पछिल्लो समय समय मानिसहरुमा जंकफुडको प्रयोग बढ्दो छ । विभिन्न अध्ययनहरुले मानिसहरुमा खान नपाएर भन्दा पनि खान नजानेर स्वास्थ्यमा जोखिम नित्याइरहेका देखाएको छ ।
चनाआफैमा गुणकारी तरकारी हो ।पोषणविद्धहरुले हरेक उमेर तथा लिंगका मानिसहरुका लागि चना निकै लाभदायक खानेकुरा रहेको बताउँदै आएका छन् । बिहान खाली पेटमा भिजाएको चना खानुले झनै फाईदा गर्न उनीहरुको भनाई छ ।
यसमा हुने प्रोटिन, फाइबर, लवण तथा भिटामिनहरुले शरीरलाई स्वस्थ राख्न मद्धत गर्नुका साथै विभिन्न रोगहरुबाट पनि बचाउँने पोषणविद्धहरुको भनाई छ ।
हरेक बिहान भिजेको चना खानुका फाइदा यी हुन्
–पोषणको मामिलामा चना निकै सस्तो, सुलभ तथा उपयुक्त विकल्प हो ।
–चनामा प्रशस्त मात्रामा प्रोटिन पाइने हुनाले यसको नियमित सेवनले शरीरमा शक्ति प्रदान गर्छ ।
-चनामा भरपुर मात्रामा आइरन हुन्छ जसको सेवनले शरीरमा हेमोग्लोबिनको मात्रा बढउनमा मद्दत गर्छ र शरीरलाई स्वस्थ र फूर्तिलो बनाउन मद्दत गर्छ ।
-चनाको नियमित सेवन गर्नाले शरीरमा पाचन शक्तिलाई क्रियाशील बनाउन मद्दत गर्छ ।
-चनामा ग्लुकोजको मात्रा कम हुन्छ । यो डायबेटिज भएका मानिसका लागि उत्तम भोजन हो ।
-चनालाई तरकारीको रुपमा पनि उपयोगमा ल्याउन सकिन्छ । अंकुरित चनामा भिटामिन बी कम्लेक्स हुन्छ जसबाट शरीरलाई उर्जा प्राप्त हुन्छ ।
-रगतमा कोलेस्ट्रोलको मात्रा नियन्त्रण गरी मुटुलाई स्वस्थ राख्न तथा मुटु र रगत सम्बन्धी समस्याबाट जोगाउन पनि चनाले सहयोग गर्दछ ।
-चना आइरनको राम्रो श्रोत हो । भिजाएको चना नियमित रुपमा खानाले रक्तअल्पताको समस्याबाट बच्न सकिन्छ ।
(पोषणविद्ध र एजेन्सीको सहयोगमा )
















विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः सभापति थापा
नेपालको विकास यात्रामा नयाँ सरकारसँग सहकार्य गर्न चीन उत्सुक
राखेपको निलम्बनमा परेपछि एन्फाको निर्वाचन स्थगित
असल प्रतिपक्षीय भूमिका निर्वाह गर्नेछौँः सांसद थकाली
युवा सांसद भन्छन्– ‘नयाँ पुस्ताको परिवर्तनको आकांक्षा नै हाम्राे एजेण्डा’
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
प्रतिक्रिया