मंगलबार, माघ ६, २०८२

पार्टी सभापतिबिना कांग्रेस पदाधिकारी बैठक जारी

मेरोन्यूज २०७८ फागुन १९ गते १५:४९

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठनको विधानको विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा बैठक बसेको हो ।

पदाधिकारी बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा अनुपस्थित भएका छन् । पदाधिकारीको बैठकले हालसम्म दलित संघको मात्रै विधान टुंग्याएको छ ।

बैठकमा किसान संघ, महिला संघ, प्रजातान्त्रिक सेनानी संघ र सांस्कृतिक संघको विधानबारे छलफल भइरहेको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माका अनुसार आगामी केही दिनमा नै बाँकी रहेका भ्रातृ संगठनको विधान टुंगो लाग्ने भएको छ ।

बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, अर्का महामन्त्री गगन थापा सहभागी छन् ।

प्रतिक्रिया