पार्टी सभापतिबिना कांग्रेस पदाधिकारी बैठक जारी
मेरोन्यूज
२०७८ फागुन १९ गते १५:४९

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठनको विधानको विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा बैठक बसेको हो ।
पदाधिकारी बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा अनुपस्थित भएका छन् । पदाधिकारीको बैठकले हालसम्म दलित संघको मात्रै विधान टुंग्याएको छ ।
बैठकमा किसान संघ, महिला संघ, प्रजातान्त्रिक सेनानी संघ र सांस्कृतिक संघको विधानबारे छलफल भइरहेको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माका अनुसार आगामी केही दिनमा नै बाँकी रहेका भ्रातृ संगठनको विधान टुंगो लाग्ने भएको छ ।
बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, अर्का महामन्त्री गगन थापा सहभागी छन् ।
सम्बन्धित
















प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले गरे पदभार ग्रहण
सुनसान सिंहदरबार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक टोली घोषणा
इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
कांग्रेस विवाद ब्युँतियो : छुट्टै केन्द्रीय समिति बैठक बोलाउने देउवा समुहकाे निर्णय
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया