बुधबार, माघ ७, २०८२

राष्ट्रिय सभाबाट कोमल वलीदेखि विडारीसम्म सबै बिदा हुँदै

मेरोन्यूज २०७८ फागुन २० गते ८:१०

काठमाडौँ । विं.सं. २०७४ सालमा निर्वाचित भएर गोला प्रथाबाट चार वर्षे कार्यकालमा परेका २० सांसदको पदावधि आजबाट सकिँदै छ । रिक्त पदका लागि निर्वाचित भइसकेका सन्दर्भमा चार वर्षे पदावधि भएका २० राष्ट्रियसभा सदस्यको पद आजबाट सकिन लागेको हो ।

आजबाट बिदा हुने सांसदमा एमालेका अगमप्रसाद वान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनकला ओझा, परशुराम मेघी गुरुङ, रामलखन चमार र सुमनराज प्याकुरेल रहेका छन् ।

कांग्रेसका दृगनारायण पाण्डे, तारादेवी भट्ट, राधेश्याम अधिकारी पनि बाहिरिँदै छन् । नेकपा माओवादी केन्द्रका खिमकुमार विक, जीवन बुढा, दीनानाथ शर्मा र शशीकला दाहालको पदावधि पनि आजबाट सकिँदै छ ।

नेकपा एकीकृत समाजवादीका उदया शर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी, शान्तिकुमारी अधिकारी जिसी र शेरबहादुर कुँवरसहित मनोनित सांसद रामनारायण विडारी पनि आजै बिदा हुने छन् ।

२०७५ असार ४ मा भएको गोलाप्रथा अनुसार आजबाट रिक्त हुने सांसदले चार वर्षे कार्यकालका चिठ्ठा समाएका थिए । जसअनुसार उनीहरुको कार्यकाल ४ वर्ष मात्रै हुन पुगेको हो ।

प्रतिक्रिया