माओवादीको केन्द्रीय समिति बैठक दुई घण्टापछि सर्यो

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक दुई घण्टा पर सरेको छ । शुक्रबार बिहान ११ बजेदेखि बस्ने भनिएको बैठक दिउँसो १ बजेसम्म सारिएको माओवादी संसदीय दलका नेता देव गुरुङले जानकारी दिए ।
बैठक दिउँसो १ बजेदेखि राष्ट्रियसभा गृहमा सुरु हुने नेता गुरुङले बताए । नेताहरू आन्तरिक छलफलमा रहेकाले बैठक धकेलिएको हो । बैठकमा पार्टीका पदाधिकारी चयन गर्ने तयारी गरिएको छ ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता प्रतिनिधिसभाबाट अनुमोदनपछि माओवादीका नेताहरूबीच खटपट भएको छ ।
नारायणकाजी श्रेष्ठलगायत केही नेताले पार्टीभित्र ‘विद्रोह’ गर्दै छुट्टै छलफल गरेका छन् । उनीहरूले पार्टीभित्रै संघर्ष गर्ने वा छुट्टै पार्टी गठन गर्नेसम्मका विषयमा छलफल गरेका छन् ।
शुक्रबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा पनि यो समूहले नेतृत्वको कमजोरी देखाउँदै आफ्नो भनाई राख्ने तयारी गरेको बुझिएको छ ।















रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
युक्रेन युद्ध करिब अन्त्यतिर पुगेको रूसी राष्ट्रपति पुटिनको दावी
उद्योग परिसङ्घले दियो अर्थमन्त्री वाग्लेलाई बजेट लक्षित सुझाव
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
दार्चुलामा गयाे भूकम्प
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
प्रतिक्रिया