फ्यानको शाहरुखलाई प्रश्न– लाल सिंह चड्डा हेर्नु भयो

काठमाडौं,
कोरोनाभाइरसको महामारीका कारण मनोरञ्जन क्षेत्रले निकै कठिनाइ व्यहोर्नुपर्यो । सुरुमै बन्द हुने र सबैभन्दा पछि खुल्ने क्षेत्र नै मनोरञ्जन प¥यो । र पनि यो वर्ष र आउँदो वर्ष ठूला फिल्महरु प्रदर्शनमा आउँदै छन् ।
बलिउडमै यो वर्ष आमीर खान अभिनित फिल्म ’लाल सिंह चड्डा’ प्रदर्शन हुँदै छ । हलिउडमा ब्लकबष्टर भएको फिल्म ’फरेस्ट गम्प’लाई आमीरले रिमेक गरेका हुन् । उनको फिल्म आउँदो अप्रिलमा रिलिज हुने भनिए पनि अन्ततः अगस्टमा पुगेको छ ।
यसैबीच शाहरुख खानको कमब्याक भनिएको फिल्म ‘पठान’को पनि भिडियोमार्फत डेट घोषणा गरिएको छ । उनको फिल्म जनवरी २०२३ मा रिलिज हुँदै छ । पछिल्लो समय लगातार फिल्महरू असफल हुन् थालेपछि शाहरुखले केही समयको विश्राम पश्चात अभिनय गरेको फिल्म हो, पठान ।
फिल्मको डेट घोषणा गर्दा फिल्मको केही झलक देखाइएको छ । यसले गर्दा पनि शाहरुखको फ्यान हर्षित छन् । आफ्नो फिल्म ‘पठान’ को डेट घोषणा भएपछि शाहरुखले ट्वीटरमा आस्क एसारके भनेर फ्यानहरुलाई प्रश्न सोध्न आग्रह गरे । जहाँ एक फ्यानले ’लाल सिंह चड्डा’ हेर्नु भयो रु भनेर सोधेका छन् ।
जवाफमा शाहरुखले भने, ‘अरे यार, आमर भन्छन् पहिले पठान देखाउ ।’ फिल्मको डेट घोषणा भएलगतै शाहरुखले फिल्मको पब्लिसिटी विस्तारै सुरु गरिसकेका छन् । सिद्धार्थ आनन्दको निर्देशनमा तयार भएको फिल्ममा शाहरुखले ‘स्पाइ एजेन्ट’को भूमिका निर्वाह गरेका छन् । फिल्ममा दीपिका पादुकोण र जोन अब्राहम पनि मुख्य भूमिकामा छन् भने सलमान खानले ’टाइगर’ अवतारमा केमियो गरेका छन् ।
















ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
युद्धका बीच ४५ दिने विराम प्रस्ताव
सामाजिक सुरक्षासम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न मन्त्रालयको अनुरोध
यस्तो छ राष्ट्रियसभा उपाध्यक्ष भण्डारीको राजनीतिक यात्रा
अर्थमन्त्रीको आश्वासनपछि सेयर बजारमा सुधार, नेप्से ८३ अंकले बढ्यो
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
प्रतिक्रिया