शनिबार, चैत ७, २०८२

‘बी’ डिभिजन लिगः मध्यपुर युथ बिजयी, सरस्वती र झम्सीखेल बराबरी

मेरोन्यूज २०७८ फागुन २० गते १९:४२

काठमाडौं । झम्सीखेल युथ क्लबविरुद्ध सुरुआती अग्रता जोगाउन नसक्दा शुक्रबार सरस्वती युथ क्लबले राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लिग अन्तर्गत आफ्नो दोस्रो खेलमा अंक बाँड्दा दिनको पहिलो खेलमा मध्यपुर युथ एसोसियनले सामाजिक युथ क्लबलाई हराएको छ ।
ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा सरस्वतीले झम्सीखेलसँग १–१ गोलको बराबरी खेलेर अंक बाँडेको हो ।
सरस्वतीले पहिलो हाफमा लिएको अग्रतालाई जोगाउन असफल रहेको थियो । सन्जीब रानाले २२औ मिनेटमा गोलकिपर र डिफेन्डरलाई बिट गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । तर पहिलो हाफको इन्जुरी समयमा तीर्थ बहादुर बस्नेतले गोल गरेपछि खेल बराबरीमा आएको थियो । दोस्रो हाफमा गोलका लागि दुबै टोली आक्रामक खेल खेले पनि थप गोल हुन सकेन र अंक बाँडे ।
बराबरीसँगै सरस्वतीले बी डिभिजन लिगमा लगातार दोस्रो जितबाट बञ्चित भएको छ । दुई खेलबाट सरस्वतीको अंक तालिकामा ४ अंक भएको छ ।
उता, झम्सीखेल युथ क्लबले अंक तालिकामा पहिलो अंक लिन सफल भएको छ । सरस्वतीले पहिलो खेलमा बाँसबारी क्लबलाई ३–१ गोलले हराउँदै सुखद सुरुआत गरेको थियो भने झम्सीखेलले श्री भगवतीलाई ३–१ को नतिजा सुम्पिएको थियो ।
शुक्रबारै सम्पन्न दिनको पहिलो खेलमा मध्यपुर युथ एसोसियनले समाजिक युथ क्लबलाई ५–२ गोल अन्तरले हराउँदै लिगमा विजयी सुरुआत गरेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा मध्यपुरले चौथो मिनेटमा अग्रता लिएको थियो ।
सन्नी लामाले गोल गर्दै मध्यपुरले सुरुआती अग्रता लिएको थियो । त्यसको चार मिनेट पछि सञ्जिव थापामगरले टोलीका लागि दोस्रो गोल गर्दा १६औं मिनेटमा सामाजिक युथ क्लबका लागि बिकास दर्जीले गोल गर्दै अन्तर घटाउँदै टोलीलाई खेलमा फर्किने संकते दिएका थिए । त्यसपछि २१औं मिनेटमा बसन्त बहादुर रानाले गोल गर्दै खेल २–२ को अवस्थामा ल्याए पनि पहिलो हाफको इन्जुरी समयमा सन्जीबले व्यक्तिगत दोस्रो गोल गर्दै मध्यपुरलाई पहिलो हाफमा ३–२ को अग्रता दिलाए ।
पहिलो हाफमा लिएको अग्रतालाई कायम राख्दै मध्यपुरले समाजिकलाई दबाबमा राख्यो । ५४औं मिनेटमा धिरज श्रेष्ठले गोल टोलीको अग्रता ४–२ मा पु¥याउँदा ७४औं मिनेटमा जेनिस राजपतीले टोलीका लागि पाँचौ गोल थप्र्दै जित निश्चित गरे । जितसँगै मध्यपुरले बी डिभिजन लिगमा विजयी सुरुआत गर्दा सामाजिक युथ क्लबले हारबाट लिग आरम्भ गरेको छ ।
लिगमा शनिबार तीन खेल हुनेछन् । पहिलो खेल श्री भगवती र ब्वाईज युनियन, दोस्रो खेल बाँसबारी र टुसाल युथ क्लब तथा तेस्रो खेल बिरगञ्ज युनाईटेड र नयाँबस्ती युथ क्लबबीच हुनेछन् । तीन वटै खेल एन्फा मुख्यालयको कृत्रिम मैदानमा हुनेछन् । १४ क्लबबीच भएको प्रतिस्पर्धा सिंगल राउण्ड रोबिन लिगको आधारमा भइरेको छ । शीर्ष दुई टोेली ए डिभिजन लिगमा बढुवा हुनेछ । यस्तै पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन् ।

Advertisement
nepal life insurencenepal life insurence

प्रतिक्रिया