खुदीमा निःशुल्क आँखा तथा दन्त शिविर
काठमाडौँ । अर्थाभाव र चेतनाको कमीले स्वास्थ्योपचारको पहुँचबाट टाढा रहेका ग्रामीण भेगमा स्थानीयवासीलाई लक्ष्य गरी सञ्चालन गरिएको निःशुल्क आँखा तथा दन्त शिविरबाट ३०२ स्थानीयवासी लाभान्वित भएका छन् । मस्र्याङ्दी गाउँपालिका ३ खुदीमा शनिबार गाउँपालिकाको आर्थिक र जिल्ला अस्पताल लमजुङको प्राविधिक सहयोगमा त्रिशक्ति महिला सञ्जालाले ११२औँ नारी दिवसका अवसरमा आयोजना गरेको एकदिने शिविरमा स्थानीयवासी लाभान्वित भएका हुन् ।
तीमध्ये ११० पुरुष र १९२ महिला छन् । जिल्ला अस्पताल लमजुङमा प्रमुख हेमन्त श्रेष्ठका अनुसार उक्त शिविरमा ९२ जनाले दन्तसम्बन्धी र २६३ ले आँखासम्बन्धी सेवा लिएका थिए । शिविरमा ३७ जना दात र २७ जनालाई उपचारका लागि जिल्ला अस्पताल सिफारिस गरिएको छ भने १४७ लाई निःशुल्क चश्मा वितरण गरेको आयोजकले जनाएको छ । शिविरमा जिल्ला अस्पतालका डा सरोज महर्जन र नेत्र सहायक दीप गुरुङका नेतृत्वमा सात प्राविधिकले सेवा दिएको अस्पतालले जनाएको छ ।
मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले स्वास्थ्य नै सबैभन्दा महत्वपूर्ण कुरा हुने भएकाले स्थानीयदेखि सरकारले स्वास्थ्य क्षेत्रममा विषेश ध्यान दिनुपर्ने बताउनुभयो । शिविरमा करिब रु ७० हजारभन्दा बढी पालिकाको खर्च भएको बताइएको छ । गाउँघरमै स्वास्थ्य जाँच गर्न पाएपछि स्थानीय तथा सेवाग्राही हर्षित भएका छन् ।
















कोलम्बियामा भएको आक्रमणमा ६ जनाको मृत्यु
युद्धका कारण विश्व आपूर्ति प्रणाली प्रभावित
मन्त्रिपरिषद् विस्तार, उद्योगमन्त्रीमा गौरीकुमारी र श्रममन्त्रीमा रामजी यादव
आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका निर्णायक हुन्छः राष्ट्रपति पौडेल
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया