सोमबार, पुष १४, २०८२

एनसीसी बैंक र नारायणी सामुदायिक अस्पतालबीच सम्झौता

मेरोन्यूज २०७८ फागुन २२ गते १६:४९

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) ले ग्राहकलाई थप सेवा सुविधा प्रदान गर्नका लागि चितवनको सामुदायिक नारायणी अस्पतालसँग सम्झौता गरेको छ ।
चितवनको भरतपुरमा अवस्थित नारायणी सामुदायिक अस्पतालमा एनसीसी बैंकको भिषा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र बैंकका कर्मचारीहरुलाई थप सेवा सुविधा प्रदान गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको हो ।
सम्झौतापछि बैंकको भिषा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र बैंकका कर्मचारीहरुले नारायणी सामुदयिक अस्पतालमा बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गमार्पmत भुक्तानी गर्दा ओपीडी सेवामा १० प्रतिशत छुट पाउने भएका छन् ।
औषधि, सीटी स्क्यान र प्रत्यारोपण बिक्रीमा भने छुट प्राप्त नहुने जनाइएको छ ।

विगत २५ वर्षदेखि बैंकिङ्ग सेवा प्रदान गर्दै आएको एनसीसी बैंकले देशभरका ७ वटै प्रदेश गरी १३७ शाखा, १३ एक्स्टेन्सन काउन्टर र ११४ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया