एनसीसी बैंक र नारायणी सामुदायिक अस्पतालबीच सम्झौता

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) ले ग्राहकलाई थप सेवा सुविधा प्रदान गर्नका लागि चितवनको सामुदायिक नारायणी अस्पतालसँग सम्झौता गरेको छ ।
चितवनको भरतपुरमा अवस्थित नारायणी सामुदायिक अस्पतालमा एनसीसी बैंकको भिषा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र बैंकका कर्मचारीहरुलाई थप सेवा सुविधा प्रदान गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको हो ।
सम्झौतापछि बैंकको भिषा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र बैंकका कर्मचारीहरुले नारायणी सामुदयिक अस्पतालमा बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गमार्पmत भुक्तानी गर्दा ओपीडी सेवामा १० प्रतिशत छुट पाउने भएका छन् ।
औषधि, सीटी स्क्यान र प्रत्यारोपण बिक्रीमा भने छुट प्राप्त नहुने जनाइएको छ ।
विगत २५ वर्षदेखि बैंकिङ्ग सेवा प्रदान गर्दै आएको एनसीसी बैंकले देशभरका ७ वटै प्रदेश गरी १३७ शाखा, १३ एक्स्टेन्सन काउन्टर र ११४ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

















चार निर्वाचन क्षेत्रको मतगणना किन हुन सकेन ?
बझाङमा एमालेका उम्मेदवार महर विजयी
कैलाली–१ मा रास्वपाकी कोमल ज्ञवाली निर्वाचित
रास्वपा २७ स्थानमा विजयी र ९० क्षेत्रमा अगाडि, अन्य दलकाे अवस्था के ?
नेमकिपाकाे गढ भक्तपुर-१मा रास्वपाका रन्जित विजयी
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
प्रतिक्रिया