नेप्से परिसूचक ३.६६ अंकले गिरावट

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ ।
अघिल्लो साताको बुधबारदेखि ओरालो लागेको नेप्से परिसूचक छंैटौ दिनसम्म पनि निरन्तर रुपमा गिरावट आएको हो । आइतबार नेप्से परिसूचक ३.६६ अंक घटेर २ हजार ५४३.३९ विन्दुमा झरेको छ ।
नेप्से घटे पनि सेन्सेटिभ इण्डेक्स १.३१ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.०४ अंक घटेको छ ।
आइतबार कारोबारमा आएका २३० कम्पनीको ५१ लाख ३९ हजार कित्ता शेयर २ अर्ब ४९ करोड ३२ लाख ४१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्सेसँगै पछिल्लो समय कारोबार रकममा समेत गिरावट आइरहेको छ ।
नेप्सेका १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमा विकास बैंक उपसमूहको परिसूचक सबैभन्दा बढी १.२४ प्रतिशत बढेको छ ।
अन्य उपसमूहको परिसूचक ०.८५ प्रतिशत, बैंकिङ्गको ०.२ प्रतिशत र होटल उपसमूहको ०.०५ प्रतिशत बढेको छ । तर उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक भने सबै भन्दा बढी १.२४ प्रतिशतले गिरावट आएको छ ।
नेप्से परिसूचकमा गिरावट आए पनि मैलुङ्ग खोला जलविद्यत कम्पनीको शेयरमूल्य सबैभन्दा बढी ७.८० प्रतिशत बढेको छ ।
त्यस्तै, सामलिङ्ग पावर कम्पनी र नेपाल ल्यूब आयलको शेयरमूल्य ४ प्रतिशत बढेको छ । यता शिवम् सिमेन्टको शेयरमूल्य सबैभन्दा बढी ७.११ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा आइतबार १५ करोड २२ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार गरेर शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । नेपाल लाइफको १४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।













कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिक्रिया