केन्टका इलेक्ट्रिक सामाग्रीको रिटेलर सम्मेलन जनकपुरमा सम्पन्न

जनकपुर । केन्ट इलेक्ट्रिकले आफ्ना सम्बन्धित रिटेल ग्राहकलाई लक्षित गर्दै रिलेटर सम्मेलन सम्पन्न गरेको छ ।
रिटेलरहरुलाई मध्यनजर गरी जनकपुरस्थित सिताशरण होटलमा रिटेलर सम्मेलन आयोजना गरिएको हो ।
एक सय भन्दा बढीको सहभागिता रहेको उक्त कार्यक्रममा केन्टले आफ्ना सम्पूर्ण इलेक्ट्रिक सामाग्रीहरु (फ्यान, मोडुलर स्विच, गिजर, हिटर आदी) को प्रदर्शन गरि उक्त सामाग्रीहरुको बारेमा बिस्तृत जानकारी दिएको थियो ।
कार्यक्रममा आफ्ना उत्कृष्ट रिटेलरलाई विभिन्न अवार्ड समेत वितरण गरिएको थियो ।
साथै आफ्ना रिटेलर ब्यापारीहरुलाई प्रोत्सान गर्नका निम्ति केन्टले विभिन्न किसिमका आकर्षक योजनाहरु पनि सोही कार्यक्रममार्फत घोषणा गरेको छ ।
सम्मेलनमा केन्ट भारतका प्रबन्ध निर्देशक चिराग गुप्ता र एक्पोर्ट हेड दीपक अग्रवाल लगायत सीजी इ.ओ.एल.का पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
केन्टले विभिन्न इलेक्ट्रीक उत्पादनहरु चौधरी ग्रुपको साझेदारीका रुपमा नेपालमा विक्री तथा वितरण गर्दै आएको छ ।
आगामी दिनमा आफ्ना ग्राहक, डिलर, रिटेलरहरु माझ यस्तै, विभिन्न कार्यक्रमहरु गर्ने बारेमा पनि केन्टले प्रतिबद्धता जाहेर गरेको छ ।

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया