एक रुसी व्यवसायीले गरे पुटिनलाई गिरफ्तार गर्नेलाई १० लाख डलर पुरस्कार दिने घोषणा

मस्को । रुसी एक व्यवसायीले पुटिनलाई गिरफ्तार गर्नेलाई १० लाख डलर पुरस्कार स्वरुप दिने घोषणा गरेका छन् । रुसी नागरिक पूर्व ब्यांकर समेत रहेका एलेक्स कोनानिहिनले उक्त घोषणा गरेका हुन् ।
अन्तर्राष्ट्रिय कानुन अन्तर्गत अपराधिक युद्ध गराएको मामिलामा पुटिनलाई गिरफ्तार गरि संवैधानिक जिम्मेवारी निभाउने व्यक्तिलाई १० लाख डलर पुरस्कार स्वरुप दिने बताएका हुन् ।
‘पुटिनलाई रुसका वास्तविक राष्ट्रपति नै भन्न मिल्दैन किनकी रुसी अपार्टमेन्ट भवन विस्फोट गरिएको विशेष अपरेसनको नतिज स्वरुप उनी राष्ट्रपति बनेका थिए । उनले त्यतिबेला नै स्वतन्त्र चुनाव हटाएर र आफ्नो विपक्षीहरुको हत्या गरेर कानुन उल्लंघन गरेका थिए । त्यसैले एक जातीय रुसी र रुसकै नागरिक भएको नाताले रुसको हितलाई म आफ्नो नैतिक जिम्मेवारी सम्झन्छु । पुटिनको क्रुरताको बहादुरीपूर्ण सामना गरिरहेको युक्रेनको प्रयासलाई म सकेसम्म सहयोग गरिरहनेछु , उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
बिजनेस इन्साइडरयसँग कुरा गर्दै उनले यदि पर्याप्त मानिसहरुले यस्तै किसिमको विरोध प्रयास जारी राख्ने हो भने पुटिन गिरफ्तार हुने र सबैले न्याय पाउने सम्भावना बढ्ने समेत बताएका थिए । फक्स न्युजबाट साभार
















नेपालको विकास यात्रामा नयाँ सरकारसँग सहकार्य गर्न चीन उत्सुक
राखेपको निलम्बनमा परेपछि एन्फाको निर्वाचन स्थगित
असल प्रतिपक्षीय भूमिका निर्वाह गर्नेछौँः सांसद थकाली
युवा सांसद भन्छन्– ‘नयाँ पुस्ताको परिवर्तनको आकांक्षा नै हाम्राे एजेण्डा’
प्रतिनिधिसभा सदस्यको शपथमा जे देखियो…
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
प्रतिक्रिया