सोमबार, पुष १४, २०८२

सेञ्चुरी बैंकद्वारा भक्तपुरमा सीसीटीभीका लागि आर्थिक सहयोग

मेरोन्यूज २०७८ फागुन २३ गते १७:०७

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो ११औं स्थापना दिवसको पूर्वसन्ध्यामा सामाजिक संस्थाहरुलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

बैंकले भक्तपुरस्थित सीसीटीभी शडान समितिलाई नगद रु. एक लाख आर्थिक सहयोग प्रदान गरेको छ ।

उक्त सहयोग रकम बैंकका वागमती प्रदेश प्रमुख दिपेन्द्र बाबु बिष्टले महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रमुख शिवकुमार श्रेष्ठको उपस्थितिमा भक्तपुर जिल्ला सीसीटीभी जडान समितिका कोषाध्यक्ष नविन प्रजापतीलाई हस्तान्तरण गरे ।

कार्यक्रममा सेञ्चुरी बैंकका वागमती प्रदेश उपप्रमुख प्रचिता श्रेष्ठ, सुकुलढोका शाखाका प्रमुख सुकेश शाक्य र भक्तपुर शाखाका प्रमुख उषा खाँण लगायतको उपस्थिति थियो । सेञ्चुरी बैंकले भक्तपुरमा तीन शाखामार्फत सेवा प्रदान गर्दै आएको छ ।

बैंकको सहयोगबाट भक्तपुरको अपराध अनुसन्धान र अपराध नियन्त्रणलाई प्रमाणमुखी र प्रभावकारी बनाउन मुख्य राजमार्ग, मुख्य मुख्य चोक, सिमा नाका तथा प्रहरी चेक पोइन्टहरुसमेतमा सीसीटीभी जडान गरिने बताए ।

साथै बैंकको धुलिखेल शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत जेष्ठ नागरिक सेवा केन्द्र, काभ्रे धुलिखेललाई एक दर्जन कुर्ची, दुई थान टेवल र एक थान दराज लगायतका फर्निचर सामान सहयोग स्वरुप प्रदान गरेको छ ।

सो अवसरमा बैंकले गीता मन्दिर सरसफाई समेत गरेको थियो । सेञ्चुरी बैंकले काभ्रेमा सात शाखामार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया