‘उत्तर कोरियाले फेरि आणविक परीक्षण साइट मर्मत गर्यो’

न्युयोर्क । उत्तर कोरियाले बन्द आणविक परीक्षण साइट मर्मत गर्न थालेको अमेरिकी स्याटेलाइट कम्पनी म्याक्सर टेक्नोलोजिले सार्वजनिक गरेका तस्बिरहरूमा देखिन्छ । उत्तर कोरियाली नेता किम जोङ उनले सम्पूर्ण आणविक परीक्षण बन्द गर्ने बताएपछि सन् २०१८ मा पुन्गी—री क्षेत्र बन्द भएको थियो भने त्यसका केही भाग नस्ट गरिएको थियो ।
उत्तर कोरियाले आणविक हतियार र लामो दूरीको मिसाइलहरूको परीक्षण पुनः सुरु गर्न सक्ने अमेरिकी विश्लेषकहरूले भविष्यवाणी गरिरहेका बेला नयाँ स्याटलाइट तस्विर सार्वजनिक भएका हुन । तर, विश्लेषकहरूले पुन्गे–री परीक्षणको लागि तयार हुन वर्षौं लाग्न सक्ने बताउँछन् ।
पछिल्ला केही दिनमा नयाँ भवनको निर्माण, विद्यमान भवनको पुनर्निमाण र काठ तथा आरोको धुलो जस्ता निर्माणका केही प्रारम्भिक संकेत स्याटलाईट तस्विरमा देखिएको जेम्स मार्टिन सेन्टर फर ननप्रोलिफरेसन स्टडिज ९सीएनएस० ले जनाएको छ । उत्तर कोरियाले परीक्षण साइटको अवस्थाबारे केही निर्णय गरेको त्यहाँ भएका कार्यहरुले संकेत गरेको विश्लेषकहरुले बताएका छन् ।










एनआईसी एशिया बैंकको लिलाम बिक्री सम्पत्तिका लागि अनलाइन पोर्टल सार्वजनिक
जेनजी आन्दोलनमा कैलाली जिल्ला अदालतमा आगजनी गर्ने तीनजना पक्राउ
बुधबार २८ सयले बढ्यो सुनको भाउ
वाग्मतीमा प्रदेशको पुँजीगत खर्च निराशाजनक
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
प्रतिक्रिया