सिमराही र चन्द्रनिगाहपुरमा आइएमई मोटर्सको शाखा स्थापना

काठमाडौँ । आइएमई ग्रुप अन्र्तगत संचालित आइएमई मोटर्सले दुई वटा शाखा विस्तार गरेको छ ।
दुधौली नगरपालिका सिमराही (कटारी बजार नजिक) सर्भिस सेन्टर र चन्द्रनिगाहपुर नगरपालिकास्थित सोरुम सञ्चालनमा ल्याएको हो ।
सुविधा सम्पन्न शाखाबाट अशोक लेलैण्ड गाडीहरुका लागि सेल्स, सर्भिस र स्पेयर पार्टस उपलब्ध हुने कम्पनीले जनाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र भारतको दोस्रो ठूलो अटोमोबाइल कम्पनी अशोक लेलैण्डका क्षेत्रीय प्रमुख तन्मय मित्रको उपस्थितिमा शाखा उदघाटन गरिएको हो ।
कार्यक्रममा अशोक लेलैण्ड भारतका क्षेत्रीय प्रमुख तन्मयले अशोक लेलैण्ड हिन्दुजा समूह अन्तर्गतको ७३ बर्ष पुरानो भारतको दोश्रो ठूलो कमर्सियल गाडी निर्माता कम्पनी भएको बताए ।
आइएमई मोटर्ससँगको सहकार्यमा नेपालमा अशोक लेलैण्डको बजार बिस्तार गर्ने उद्देश्य रहेको उनले जानकारी दिए ।
आईएमईले बैंकिङ्ग, इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सुचना प्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै आएको छ ।
सिमराही सर्भिस सेन्टर र चन्द्रनिगाहपुर शाखाबाहेक थप १३ शाखाबाट सेल्स, सर्भिस र स्पेयर पार्टसको सुबिधा दिदै आएको कम्पनीले जनाएको छ । .













रवि, बालेन र कुलमानबीच सहमति
कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिक्रिया