सिमराही र चन्द्रनिगाहपुरमा आइएमई मोटर्सको शाखा स्थापना

काठमाडौँ । आइएमई ग्रुप अन्र्तगत संचालित आइएमई मोटर्सले दुई वटा शाखा विस्तार गरेको छ ।
दुधौली नगरपालिका सिमराही (कटारी बजार नजिक) सर्भिस सेन्टर र चन्द्रनिगाहपुर नगरपालिकास्थित सोरुम सञ्चालनमा ल्याएको हो ।
सुविधा सम्पन्न शाखाबाट अशोक लेलैण्ड गाडीहरुका लागि सेल्स, सर्भिस र स्पेयर पार्टस उपलब्ध हुने कम्पनीले जनाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र भारतको दोस्रो ठूलो अटोमोबाइल कम्पनी अशोक लेलैण्डका क्षेत्रीय प्रमुख तन्मय मित्रको उपस्थितिमा शाखा उदघाटन गरिएको हो ।
कार्यक्रममा अशोक लेलैण्ड भारतका क्षेत्रीय प्रमुख तन्मयले अशोक लेलैण्ड हिन्दुजा समूह अन्तर्गतको ७३ बर्ष पुरानो भारतको दोश्रो ठूलो कमर्सियल गाडी निर्माता कम्पनी भएको बताए ।
आइएमई मोटर्ससँगको सहकार्यमा नेपालमा अशोक लेलैण्डको बजार बिस्तार गर्ने उद्देश्य रहेको उनले जानकारी दिए ।
आईएमईले बैंकिङ्ग, इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सुचना प्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै आएको छ ।
सिमराही सर्भिस सेन्टर र चन्द्रनिगाहपुर शाखाबाहेक थप १३ शाखाबाट सेल्स, सर्भिस र स्पेयर पार्टसको सुबिधा दिदै आएको कम्पनीले जनाएको छ । .

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया