हरियो मतपत्र देख्दा तर्सिए मत परिणाम देखेपछि के होला : महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सैद्धान्तिक र वैचारिक बहसमा सहभागी हुन सुझाव दिएका छन् । उनले निर्वाचन आयोग मतपत्रमा कस्तो रङ राख्ने भन्ने कुरामा स्वतन्त्र रहेको उल्लेख गर्दै रङको विषयलाई लिएर पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिले खुद्रा बहस गर्न नमिल्ने बताए ।
‘कुन रङ राखिएको छ भनेर रङतर्फ भन्दा आफ्नो ढंग सच्याउनतर्फ लाग्यो भने रङले कसैलाई पोल्दैन भन्ने कुरामा हामी प्रस्ट छौँ, मतपत्रमा हरियो रङ देख्नेबित्तिकै यसरी तर्सिने हो भने मतपरिणाम देखेपछि के होला ?,’ उनले भने, ‘त्यसकारण मतपत्र हेरेर नतर्सिऔँ, मत परिणाम हेरेर तर्सिनु पर्ने दिन आउला, त्योबेला पनि नतर्सिऔँ भनेर म आग्रह गर्न चाहन्छु ।’
महामन्त्री शर्माले निर्वाचन आयोगले मतपत्रमा हरियो रङ राखेर आफ्नो जिम्मेवारी पूरा गरेको बताउँदै रङबाट नडराउन आग्रह गरे । उनले आफूले सरकारको नेतृत्व गरेका बेला गरेका आश्वासनको समीक्षा गर्न पनि अध्यक्ष ओलीलाई सुझाव दिए ।
















Hetauda Cement Industry resumes clinker production
प्रहरी घेरा ताेडेर सिंहदरबार गेटमा पुगे एमालेका कार्यकर्ता
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
एमाले प्रदर्शनले माइतीघर, बबरमहल क्षेत्र तनावग्रस्त
सानेपामा कांग्रेसको ‘संसदीय सचेतना कार्यक्रम’
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रतिक्रिया