‘बी’ डिभिजन लिगः सरस्वतीको लगातार चौंथो जित
भगवतिद्वारा सामाजिक युथ र नयाँबस्तीद्वारा ब्वाइज युनियन पराजित

काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा सरस्वती युथ क्लबले आफ्नो चौथो खेलमा पनि अपराजित यात्रा कायमै राखेको छ ।
शुक्रबार नै भएको अर्को खेलमा श्री भगवती क्लबले समाजिक युथ क्लबमाथि ३–२ को रोमाञ्चक जित निकालेको छ ।
ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा भगवतीले समाजिक युथ क्लबमाथि ३–२ को रोमाञ्चक जित निकाल्दा सन्तोष केसीले ३५औं, अनिल गुरुङले पहिलो हाफको इन्जुरी तथा अनुज भण्डारीले ६६औं मिनेटमा गोल गरेका थिए ।
यता, सामाजिक युथ क्लबका लागि बिकास टिटुङले ५०औं र बसन्त बहादुर रानाले ६०औं मिनेटमा एक÷एक गोल फर्काएका थिए ।
रोमाञ्चक जितपछि भगवतीले तालिकामा ४ खेलबाट १० अंक जोडेको छ । समान ४ खेलबाट तेस्रो हार भोगको सामाजिकको १ अंक छ । समाजिक युथ क्लब तालिकाको पुछारमा छ ।
लिग अन्तर्गत दिनको दोस्रो खेलमा सरस्वतीले खुमलटार युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै अपराजित यात्रालाई निरन्तरता दिएको हो ।
सरस्वतीको जितमा अनिस परियार र अर्जुन गुरुङले एक–एक गोल गर्दा खुमलटारका लागि एकमात्र गोल सविन केसीले गोल गरे अन्तर घटाएका थिए । खुमलटारले २७औं मिनेटमा पेनाल्टीबाट अग्रता लिए पनि कायम राख्न असफल भएको थियो ।
अनिसले ४९ औं मिनेटमा सरस्वतीका लागि पहिलो गोल गर्दा ८५ औं मिनेटमा अर्जुनले टोलीका लागि दोस्रो गोल गर्दै जित निश्चित गरेका थिए ।
यससँगै सरस्वतीले चार खेलमा दोस्रो जित निकाल्दा दुई खेलमा बराबरीको नतिजा निकालेको छ । सरस्वतीले चार खेलबाट ८ अंक जोडेको छ ।
यता, खुमलटारले भने दोस्रो पराजय भोगेको छ । दुई खेलमा जित हात पारेको खुमलटार ६ अंक छ ।
लिग अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा नयाँ बस्तीले ब्वाइज युनियन क्लबलाई ३–२ ले पराजित ग¥यो । नयाँ बस्तीको जितमा सुमन योंग्य, रोशन आङदेम्बे र सोम थापा एक–एक गोल गर्दा ब्वाईज युनियनका लागि विनोद राई र दिवस मास्केले एक–एक गोल गरे ।
जितसँगै नयाँबस्तीले चार खेलबाट ६ अंक जोडेको छ । यता तालिकामा ३ अंक जोडेको ब्वाईज युनियनको चार खेलबाट यो तेस्रो पराजय हो ।
लिगमा शनिबार पनि तीन खेल हुनेछन् । दिनको पहिलो खेल बाँसबारी क्लब र मध्यपुर युथ एसोसियसन, दोस्रो खेल बीरगञ्ज युनाईटेड र रानीपोखरी कर्नर टिम (आरसिटी) तथा अन्तिम खेल चर्चब्वाइज युनाइटेड र श्री कुमारी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।









एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
प्रतिक्रिया