मंगलबार, पुष १५, २०८२

कोभिडका कारण चिनियाँ सहरमा लकडाउन

मेरोन्यूज २०७८ फागुन २८ गते ६:५४

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण निरन्तर बढिरहेपछि चीनको उत्तरपूर्वी सहर चाङ्गचुनमा लकडाउन घोषणा गरिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण दुई वर्षमा पहिलोपटक चीनको दैनिक कोभिड संक्रमण १० हजार नाघेको छ ।

चीनले ९० लाख जनसंख्या भएको चाङ्गचुन जिलिन प्रान्तको राजधानीसमेत हो । चाङ्गचुन प्रान्तकै महत्वपूर्ण औधोगिक आधारसमेत हो । चाङ्गचुनका बासिन्दालाई घरबाटै काम गर्न आदेश दिइएको छ ।

नयाँ नियमअनुसार ‘दैनिक अत्यावश्यक वस्तु’ किन्न प्रत्येक दुई दिनमा एक जनालाई मात्र बाहिर निस्कन अनुमति दिइने छ । स्वास्थ्य आयोगका अनुसार कोभिड महामारी फैलिएसँगै चीनले पहिलो पटक र्यापिड एन्टिजेन परीक्षण सुरु गर्दै छ ।

पछिल्ला दिनमा चीनका विभिन्न सहरमा कोभिड संक्रमणका घटनामा वृद्धि भएको छ । हालसालै सांघाइले विद्यालयलाई अनलाइन सञ्चालन गर्न निर्देशन दिएको थियो ।

प्रतिक्रिया