उत्तर, पश्चिम र उत्तरपूर्वबाट घेरा हाल्दै किभनजिकै पुग्यो रुसी फौज

किभ,
रुसी फौज युक्रेनको राजधानी किभनजिकै पुगेको छ । उत्तर, पश्चिम र उत्तरपूर्वबाट घेरा हाल्दै रुसी फौज किभनजिकै पुगेको हो । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अाफ्ना सेनासँग दशकौंपछि ठूलो क्षति सामना गरेपछि रुसले नयाँ फौजहरु युक्रेन परिचालन गरेकाे बताइरहेका बेला रुसी सेना किभनजिकै पुगेको हो ।
रुसी फौजले किभनजिकको गाउँ छाडेर सुरक्षित क्षेत्रतर्फ बढिरहेका महिला र बालबालिकाको समूहमा गोली चलाएको युक्रेनले जनाएको छ । शनिबार युक्रेनका विभिन्न शहरहरुबाट करिव १३ हजार सर्बसाधारणलाई सुरक्षित क्षेत्रतर्फ पठाइएको युक्रेनका उपप्रधानमन्त्रीले जानाकारी दिएका छन् । यो संख्या शुक्रबारको तुलनामा दोब्बर भएको बताइएको छ ।
सर्बसाधरणलाई सुरक्षित स्थानमा लैजाने क्षेत्रमा रुसी सेनाले निरन्तर हमला गरिरहेको किभ र दोनेत्सेकका गर्भनरहरुले बताएका छन् ।
यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले द्वन्द्व अन्त्य गर्न वार्तामा रुसले ‘आधारभूत रुपमा भिन्न दृष्टिकोण’ अप्नाएको बताएका छन् । यो दृष्टिकोण पहिलेको वार्ताविपरित भएको उनको भनाई छ ।
















खाडी नाकाबन्दीले युद्ध झन् चर्किने सङ्केत
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा निर्देशन
नेता बाँस्कोटाको व्यंग्य-‘मन्त्रीका खेतबारीमा पहेँलपुर तोरी फुलेछ’
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया हुँदै
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
प्रतिक्रिया