‘ए’ डिभिजनका चार क्लबको असन्तुष्टि

काठमाडौं । आसन्न नेपाल सुपर लिग (एनएसएल)का लागि गरिएको अक्सनप्रति कटाक्ष गर्दै चार वटा ‘ए’ डिभिजन क्लबहरुले असन्तुष्टी जनाएका छन् ।
न्यूरोड टिम (एनआरटी), मनाङ मस्र्याङदी क्लब, थ्रीस्टार क्लब र संकटा क्लबले राजधानीमा आइतबार संयुक्त पत्रकार सम्मेलन गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले नियम विपरित काम गरेको आरोप लगाएका छन् ।
सहिद स्मारक ए डिभिजन लिग चलिरहेकै अवस्थामा एनएसएलको मिति घोषणा गर्नु उपयुक्त नभएको र रोक्न भनिएको अक्सन हुनलाई क्लबले आलोचना गरेका हुन् ।
क्लबसँग खेलाडीको सम्झौता बाँकी रहेकै अवस्थामा एनएसएलका लागि कुनै औपचारिक जानकारी विना खेलाडी अक्सन गर्नु नियम विपरित हुने उनीहरुको भनाइ छ ।
खेलाडीसँगको सम्झौता बाँकी रहेको अवस्थामा क्लबहरुलाई जानकारी नदिई खेलाडी बोलकबोल गर्नु आपत्तिक जनक भएको थ्री स्टार क्लबका महासविच सञ्जीब शिल्पकारले बताए ।
चार क्लबले आगामी मंगलबार बस्ने कार्यसमितिको बैठकमा छलफल गर्न माग राखेका छन् ।
यस्तै पत्रकार सम्मेलनमा सहभागी क्लबहरुले आफ्ना प्रतिनिधि एन्फा कार्यसमितिमा हुँदा पनि सम्बोधन गराउन नसके एन्फामा रहेको निर्वाचित प्रतिनिधिलाई फिर्ता बोलाउन सक्ने बताए ।
यस्तै संकटा क्लबका महासचिव रमेश ध्वज बस्नेतले क्लबको मागलाई सम्बोधन नगरि अगाडि बढी थप अन्य कार्यक्रमका साथ आउने बताए ।
साथै एनएसएल आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्ट र एन्फाबीच भएको सम्झौता अनुसार आयोजकले संचालन गर्ने कार्यक्रमलाई एएफसी र फिफाबाट मान्यता प्राप्त गर्नका लागि एन्फाले पहल गर्ने विषयमा उनीहरुले गम्भिर ध्यानाकर्षण भएको बताए ।
एनएसएलमा सहभागी क्लबहरुले प्रक्रिया नपु¥याएर नै एएफसीको प्रतियोगितामा सहभागिता जनाउन पाउने तथा क्लब लाईसेन्सिङको प्रतिक्रियामा जान नसक्ने भन्दै सम्झौता संकास्पद रहेको आरोप लगाए ।
प्रतिक्रिया