नेपाल र साउदी अरवबीच सहयाेग सम्झौतामा हस्ताक्षर

काठमाडौं,
नेपाल र साउदी अरवबीच मंगलबार काठमाडौंमा ‘जनरल कोअप्रेसन एग्रिमन्ट’ (सहयोग सम्झौता) हुने भएको छ ।
साउदी अरवका राजकुमार तथा विदेशमन्त्री फैसल विन फहरान अल साउदको नेपाल भम्रमणको बेला उक्त सम्झौतापत्रमा हस्ताक्ष हुन लागेको हो ।
साउदी विदेशमन्त्री साउद दुई दिने नेपाल भ्रमणको सिलसिलामा आज काठमाडौं आउँदैछन् । उनले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।
मंगलबार नै नेपाल र साउदी अरवका विदेशमन्त्रीबीच द्विपक्षीय बैठक हुनेछ । बैठकमा कोभिड पछिको विकास निर्माण, अन्तर्राष्ट्रिय फोरममा एकअर्काको साथ÷समर्थन र वैदेशिक रोजगारीका विषयमा छलफल हुने जनाइएको छ ।
बैठकमा नै नेपाल र साउदी अरवबीच सहयोग सम्झौतामा हस्ताक्षर गरिने छ । यो दुई देशको बीचमा गर्न सकिने विभिन्न सहयोगहरु– आर्थिक सामाजिक, औद्योगिक, सांस्कृतिक, लगानी, वैदेशिक रोजगार सबै क्षेत्र समेटेको अम्रेला सम्झौता हो।


















एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ: परराष्ट्रमन्त्री खनाल
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया