सोमबार, पुष १४, २०८२

द ब्रिटिस मोडल कलेजका चार विद्यार्थी उत्कृष्ट क्याम्ब्रिज लर्नर्स अवार्डबाट सम्मानित

मेरोन्यूज २०७८ फागुन ३० गते २१:४२

काठमाडौँ । द ब्रिटिस कलेजको सिस्टर स्कुल द ब्रिटिस मोडल कलेजका चार जना ‘ए’ लेभलमा अध्ययनरत विद्यार्थीहरु उत्कृष्ट क्याम्ब्रिज लर्नर्स अवार्डबाट सम्मानित भएका छन् ।

मार्च २०२१ सिएआइई परीक्षाको सेरिजमा चार जना विद्यार्थीहरु उत्कृष्ट भएका हुन् । क्याम्ब्रिज अवार्डबाट सम्मानित हुनेमा राज थापा (एएस लेभल केमिस्ट्री), सुदीप अग्रहरी (एएस लेभल इकोनोमिक्स), अस्मिता लामा (एएस लेभल बिजनेश) र दिप्ती भट्टराई (एएस लेभल एकाउन्टिङ) रहेका छन् ।

विद्यार्थीहरुले प्राप्त गरेको यो अविश्वसनिय सफलताप्रति ब्रिटिश मोडेल कलेजलाई धेरै गर्व भएको ‘ए’ लेभल्सका प्रमुख राजन कुमार राईले बताए ।

चाुकपाटस्थित रहेको नयाँ क्याम्पस भवनमा विद्यार्थीहरुले अत्याधुनिक प्रविधिमार्फत गुणस्तीय शिक्षा ग्रहण गर्दै आइरहेका छन् । हालै कलेजले प्राप्त गरेको नतिजाले पनि यो कुराको पुष्टि गरेको राई बताउँछन् ।

कलेजमा शिक्षा ग्रहण गर्ने मैत्रीपुर्ण वातावरण, अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त संकायहरू, र विश्व–स्तरीय अध्यापन मोडल रहेको उनले बताए ।

बिएमसीका अध्ययनरत विद्यार्थीहरुलाई गुणस्तीय शिक्षा प्रदान गर्न प्रतिबद्ध रहेको उनले बताए । कलेज उत्कृष्ट क्याम्ब्रिज लर्नर अवार्ड २०१८ बाट सम्मानित भएको थियो ।

प्रतिक्रिया