म्याग्दीको भकिम्लीमा ‘बर्थिङ सेन्टर’ बन्ने

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा सुरक्षित सुत्केरी केन्द्र (बर्थिङ सेन्टर) निर्माण हुने भएको छ । ‘वानहर्ट वल्डवाइड’ नामक संस्था र बेनी नगरपालिकाको सहकार्यमा रु ४५ लाखका लागतमा उक्त केन्द्र बन्न लागेको हो ।
अत्याधुनिक उपकरणसहितको जिल्लाकै नमूना बर्थिङ सेन्टर बनाउने योजनासहित नगरपालिकासँग सम्झौता गरिएको बेनी–३ भकिम्लीका वडाध्यक्ष पदम पुनले जानकारी दिए । ‘बर्थिङ सेन्टरका बनाउन बेनी नगरप्रमुख हरिकुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल र वानहर्ट वल्डवाईड नामक संस्थाका प्रतिनिधि उपेन्द्र चन्दबीच सम्झौता भएको छ’ उनले भने ।
भवन अभावमा स्वास्थ्य केन्द्रको सानो कोठामा सुत्केरी सेवा उपलब्ध गराउँदै आएको स्वास्थ्यचौकीका अन्य सेवा प्रभावित भइरहेका अवस्थामा नयाँ भवन बनेपछि सेवामा थप उनले बर्थिङ सेन्टरका लागि सुत्केरी गराउने, स्वास्थ्यकर्मी बस्ने, ‘वेटिङ’मा बस्ने र हलसहितको भवन निर्माण गरिने जानकारी दिए ।
बेनी नगरप्रमुख श्रेष्ठले सुरक्षित प्रसूति सेवाका लागि थप स्रोत साधनको कमी हुन नदिने बताए । भकिम्लीमा प्रसूति लागि दक्ष जनशक्ति भएकाले भवन बनेपछि सहज हुने स्वास्थ्यचौकीले जनाएको छ ।रासस













पल्टेको ग्यास बुलेट हटाउन नसक्दा १३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
पुतिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
रवि–बालेनबिच ७ बुँदे सम्झौता : दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने
रवि भन्छन् – सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
प्रतिक्रिया