मोरङमा बालिकाको बलात्कारपछि हत्या: पिडितको पहिचान खुलाएको आरोपमा पत्रकारसहित ११ जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले सर्वसाधरणहरूले गरेको प्रदर्शनको भिडियो खिचेको भन्दै ११ जनालाई पक्राउ गरेको छ । मोरङ प्रहरीले एक जना पत्रकार, दुई जना युटुबरसहित ११ जनालाई भिडियो खिचेको भन्दै पक्राउ गरेको छ।
गत शुक्रबार मोरङ सुन्दरहरैंचा-७ की डेढ वर्षीया नाबालिकाको बलात्कारपछि हत्या भएको विरोधमा स्थानीयबासीले राजमार्ग चक्काजाम गरेका थिए। सोही प्रदर्शनको भिडियो खिचको भन्दै पत्रकार सहित ११ जनालाई पक्राउ गरेको हो ।
स्रोतका अनुसार भिडियो खिच्ने पत्रकार सम्झना राई र अन्य दुई जना युट्युबरसहित ११ जनालाई प्रहरीले मंगलबार साँझ गछियाबाट पक्रेर रातभर हिरासतमा थुनेको हो ।
सर्वसाधारणले प्रदर्शन गरिरहेको ठाउँमा भिडियो खिच्दा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको स्थानियले जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) मन्जिल मुकारुङले ११ जना पक्राउ परेको बताए । उनले पक्राउ परेकाहरुको पहिचान नखुलेको समेत बताए ।
पक्राउ परेका पत्रकार र युट्युबरले पीडित परिवारको पहिचान खुलाएको आरोपमा उनिहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।













काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
प्रतिक्रिया