राजस्व छली गर्ने तीन जनाविरुद्ध साढे १६ करोड बिगो दाबी
मेरोन्यूज
२०७८ चैत २ गते १५:५३
काठमाडौँ । राजस्व चुहावटको मुद्दामा तीन जनाविरुद्ध करिब साढे १६ करोड रुपैयाँ बराबरको बिगो कायम भएको छ । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको भन्दै १६ करोडभन्दा बढी बिगो कायम गर्दै मुद्दा दायर गरेको हो ।
विभागले सौगात इन्टरनेसनलका प्रोप्राइटर दीपककुमार देउजा, खाता सञ्चालक मोहनप्रसाद भट्टराई र लेखा परीक्षक सुनीलमान शाक्यविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।
विभागले उनीहरूविरुद्ध बिगो आठ करोड २१ लाख ७२ हजार ६४१ रुपैयाँ र बिगोको शतप्रतिशत जरिवाना गरी १६ करोड ४३ लाख ४५ हजार २८२ रुपैयाँ बराबरको मुद्दा दायर गरेको छ ।
सम्बन्धित
















छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
प्रधानमन्त्रीद्वारा भारत र पाकिस्तानका नेताहरुप्रति कृतज्ञता व्यक्त, सहकार्यको प्रतिबद्धता
मेक्सिकोमा हराएका एक लाख ३० हजार मध्ये करिब ४० हजार अझै जीवित
Hetauda Cement Industry resumes clinker production
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
प्रतिक्रिया