एमसीसी पारित भएसँगै अमेरिकी बायुसेवाको विमान किन आयो नेपालमा ?

काठमाडौं । अमेरिकी बायुसेवा विमान नेपाल आएको छ । शुक्रवार विहान अमेरिकी बायुसेवा विमान त्रिभुवन विभानस्थलमा अवतरण गरेको विभानस्थलका एक कर्मचारीले बताए ।
युएर्स एयरफोर्सको आरसीएच १८१६ को चार्टर विमान अमेरिकाबाट वैंकक हुँदै विहान सवा ९ वजे नेपाल आएको हो । उक्त विमानले १२ क्विन्टल (३३ प्याकेज) सामाग्री बोकेर आएको र नेपालस्थित अमेरिकी अधिकारीहरुले वुझेर लगेको विमानस्थल स्रोतले बतायो ।
विमानबाट ल्याइएका सामाग्री सिधै कमलादीसिथत अमेरिकी रुाजदुतको नीजि निवासमा लगिएको छ ।
नेपाल सरकारले सो विमानमा को को आएको र के सामाग्री ल्याएको भन्ने बारेमा भने केही वताएको छैन ।
नेपालमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन एमसीसी कम्प्याक्ट सम्झौता फागुन १५ मा ब्याख्यात्मक घोषणासहित संसदमा पारित भएपछि आफ्नै बायुसेवा विमानमा अमेरिकाले १२ क्विन्टल सामाग्री नेपाल ल्याएको यो पहिलो पटक हो ।
विमानमा १४ जना डिप्लोम्याट्स पनि आएका थिए । विमान साँढे ११ बजे फर्किसकेको छ ।
















राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट
पूर्वराष्ट्रपति भण्डारीद्वारा अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी
लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
प्रतिक्रिया