२१ गते भित्र हतियार बुझाउन धादिङ प्रशासनको आग्रह
मेरोन्यूज
२०७८ चैत ४ गते १७:२९
धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले इजाजत प्राप्त हतियार चैत २१ गते भित्रमा प्रहरीमा बुझाउन आग्रह गरेको छ ।
प्रशासनले आज (शुक्रबार) सूचना जारी गर्दै वैशाख ३० गते हुने चुनावका लागि भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्थापन गरी भयरहित वातावरण सृजना गर्नु अपरिहार्य रहेकाले इजाजत प्राप्त हतियार नजिकैको प्रहरी कार्यालयमा बुझाउन निर्देशन दिएको हो ।

यसरी बुझाइएका हतियार चुनाव सकिएपछि हतियारधनीलाई नै फिर्ता गरिने प्रशासनले स्पष्ट पारेको छ । यस्तै प्रशासनले इजाजत नलिई हतियार राखेको भए त्यस्ता हतियार पनि बुझाऊ भनेको छ ।
चैत २१ गतेपछि खोजतलास गर्दा कसैसँग हतियार भेटिएमा कानुन अनुसार कारबाही गर्ने पनि प्रशासनले चेतावनी दिएको छ ।
सम्बन्धित
















29 dead, 190 injured in six months in Sarlahi
HoR election: 1,442 employees to be deployed in Baitadi
दलका घोषणापत्रमा आर्थिक मुद्दाले प्राथमिकता पाउन सकेनन् : अध्यक्ष ढकाल
32 days to HoR elections: Ballot papers printed for 18 constituencies in 15 districts
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया