२१ गते भित्र हतियार बुझाउन धादिङ प्रशासनको आग्रह
मेरोन्यूज
२०७८ चैत ४ गते १७:२९
धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले इजाजत प्राप्त हतियार चैत २१ गते भित्रमा प्रहरीमा बुझाउन आग्रह गरेको छ ।
प्रशासनले आज (शुक्रबार) सूचना जारी गर्दै वैशाख ३० गते हुने चुनावका लागि भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्थापन गरी भयरहित वातावरण सृजना गर्नु अपरिहार्य रहेकाले इजाजत प्राप्त हतियार नजिकैको प्रहरी कार्यालयमा बुझाउन निर्देशन दिएको हो ।

यसरी बुझाइएका हतियार चुनाव सकिएपछि हतियारधनीलाई नै फिर्ता गरिने प्रशासनले स्पष्ट पारेको छ । यस्तै प्रशासनले इजाजत नलिई हतियार राखेको भए त्यस्ता हतियार पनि बुझाऊ भनेको छ ।
चैत २१ गतेपछि खोजतलास गर्दा कसैसँग हतियार भेटिएमा कानुन अनुसार कारबाही गर्ने पनि प्रशासनले चेतावनी दिएको छ ।
सम्बन्धित
















इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
प्रतिक्रिया