रुपन्देहीमा सवारी नियम उल्लंघन गर्ने ८४ सवारी साधन नियन्त्रणमा

काठमाडौँ । होलीको अवसरमा रुपन्देहीको विभिन्न ठाउँबाट सवारी जाँचका क्रममा नियम उल्लङ्घन गर्ने ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विना हेलमेट, मापसे गरी सवारी चलाउने, उच्छृिंखल तरिकाले सवारी साधनको प्रयोग गर्ने, होहल्ला गरी सवारी चलाउने, कागजपत्र साथमा नहुने, लापरबाही तरिकाले सवारी चलाउन लगायतका सवारी नियम उल्लङ्घन गर्ने ८४ वटा सवारीसाधनलाई नियन्त्रण्मा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले होलीलाई मर्यादित, सभ्य र दुर्घाटना रहित बनाउनका लागि नै जिल्लाभर होलीका लागि मात्रै ५ सय प्रहरी परिचालन गरेको थियो । यसका साथै नियमित कामका लागि ७ सय बढी प्रहरी फिल्डमा रहेको थियो ।
होलीको अवसरमा जिल्लाको विभिन्न क्षेत्रमा गरिएको सवारी जाँचका क्रममा उनीहरूलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी नवरत्न पौडेलले जानकारी दिए । मदिरा सेवन गरी सवारीसाधन चलाउने अवस्थामा पनि नरहेको पाएपछि ८ जनालाई नियन्त्रणमा लिएको डिएसपी पौडेलले जानकारी दिए ।
होलीलाई नै मध्यनजर गर्दै जिल्ला ट्राफिक कार्यालय र जिल्ला प्रहरी कार्यालयले संयुक्त रुपमा चेकिङ बढाएको थियो । ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरिक्षक केशब केसीका अनुसार २ हजार बढि सवारीसाधन चेकिङ गरिएको थियो, सुरक्षा व्यवस्था र चेकिङमा कडाई हुदा शुक्रबार सामान्य दुर्घटना पनि भएको छैन ।
होलीमा हुनसक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै बिहानदेखि सुरक्षा कडा पारी जाँच गरिएको थियो । सो क्रममा ३ वटा स्कुटी र ८१ वटा मोटरसाइकल नियन्त्रण लिएका छौ प्रहरी निरीक्षक केसीले भने ।
होलीका लागि नियमित जाँचसँगै पिकेट टोली, मोबाइल गस्ती, मोटरसाइकल र पैदल गस्ती, थप चेकिङ प्वाइन्ट, भिडभाड भएको स्थलमा प्रहरी परिचालन गरी सुरक्षा बढाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
















इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४ जना घाइते
One dies in accident
पूर्णबहादुर खड्काले आङ्देम्बेलाई शुभकामना दिँदै भने – जिम्मेवारी ऐतिहासिक बनोस्
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
इरानको पछिल्लो प्रस्तावबाट खुशी छैनन् ट्रम्प
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रतिक्रिया