आइतबार, चैत १५, २०८२

क्यान्सर पीडित शिक्षकलाई सहयोग प्रदान

मेरोन्यूज २०७८ चैत ५ गते १७:४०

काठमाडौँ । नेपाल राष्ट्रिय शिक्षक संगठन बडिगाडले वनस्पति मावि जलजलाका शिक्षक दिल थापालाई सहयोग रकम हस्तान्तरण गरेको छ। क्यान्सर रोगबाट पीडित भई भरतपुर चितवनमा उपचाररत थापालाई विभिन्न सहयोगीबाट संकलन गरेको दुई लाख रकम हस्तान्तरण गरेको हो।

Advertisement
nepal life insurencenepal life insurence

हाल केही समयका लागि बडिगाड गाउँपालिका ६ घ्वाङस्थित घरमै रहेका थापालाई संगठनले सहयोग रकम हस्तान्तरण गरेको नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङका सचिव कृष्ण भट्टराईले जानकारी दिए।

पीडित शिक्षक थापाले आफ्नो उपचारका लागि ५० लाख बढी खर्च हुने जानकारी दिए। पीडित शिक्षक थापाको विगत आठ महिनादेखि बिपी कोइराला क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचार हुँदै आएको छ।

प्रतिक्रिया