होली खेल्न बोलाएर सूर्य थापाले एमाले प्रवेश गराए, युवाहरूले गरे विरोध

काठमाडौँ । नेकपा एमालेले होली मनाउन भन्दै बोलाएर पार्टी प्रवेश गरेको प्रचार गरेपछि प्युठान नगरपालिका ७ का युवाहरूले असहमति जनाउँदै विज्ञप्ति प्रकाशित गरेका छन् ।
एमाले प्युठानको फेसबुक पेजबाट चैत्र ३ गते नेपाली कांग्रेस प्युठानको हेड क्वाटर तथा गढ मानिने प्यूठान नगरपालिका ७ बाट शमशेर नेपाली, भरत नेपाली, विजय नेपाली तथा गोविन्द थापालगायत ६७ जना युवाहरू नेकपा एमाले प्युठानमा पार्टी प्रवेश गरेको सार्वजनिक गरेको थियो।
नवप्रवेशीहरूलाई एमाले पोलिटब्युरो सदस्य तथा प्युठान इञ्चार्ज सूर्य थापा, लुम्बिनी प्रदेश सांसद तथा प्युठान सह इञ्चार्ज हरि प्रसाद रिजाल, एमाले प्युठानका अध्यक्ष विजय विराज विष्टले स्वागत गरेका छन् भन्दै फोटोसहित पोष्ट गरिएको थियो।
प्रवेश गरिएको भनिएका १३ जना युवाहरूले संयुक्त विज्ञप्तिमा भनेका छन्, ‘हामीलाई होली भन्दै बोलाइयो, होलीमा रंग दलिन्छ, तर हामी पार्टी प्रवेश गरेका होइनौँ, विगतमा हामी कुनै पार्टीमा नभएता पनि अब एमालेले नै हामीलाई कांग्रेस हेडक्वाटरबासी भनिसकेपछि आजैका मितिदेखि नेपाली कांग्रेसमा प्रवेश गर्दछौँ ।’
नेपाली कांग्रेस प्युठानका उपसभापति देवेन्द्र बर्माले आफूहरूलाई पार्टी प्रवेश गराउन आग्रह गरेको बताए। हामी प्युठान कांग्रेस हेडक्वाटरबासी रहेछौँ, हामी अहिलेसम्म कतै थिएनौं, अब तपाईंहरूसँगै हुन्छौँ भन्दै विज्ञप्ति दिएपछि पार्टी प्रवेश गराएको उपसभापति बर्माले बताए।

















इन्डोनेसियामा पहिरो जाँदा ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण
आज अन्तरराष्ट्रिय शिक्षा दिवस
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
प्रतिक्रिया