स्वास्थ्य पत्रकार मञ्च नेपालको सातौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । स्वास्थ्य ‘बिट’मा क्रियाशिल पत्रकारहरुको संस्था स्वास्थ्य पत्रकार मञ्च नेपालको सातौं बार्षिक साधारण सभा तथा बृहत बनभोज कार्यक्रम सम्पन्न भएको छ । शनिबार ललितपुरको गोदावरी पार्कमा मञ्चको साधारणसभा तथा बनभोज कार्यक्रम सम्पन्न भएको हो ।
साधारणसभा मञ्चका अध्यक्ष रामप्रसाद न्यौपानेले संस्थाको समग्र रुपमा बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा बोल्दै उनले कोभिड महामारीका बीचमा आएको नयाँ कार्यसमितिले यसअघि गरेका कार्यहरुको समिक्षा गर्दै संस्थालाई थप प्रभावकारी र क्रियाशिल रुपमा अघि बढाउने बताए ।
उनले स्वास्थ्य पत्रकारलाई प्राथमिकताका आधारमा कोभिड विरुद्धको खोप दिन सफल भएको, यस्तै महामारीका बेला प्रयाप्त रुपमा स्वास्थ्य सामग्री र केही फेलोसिप कार्यक्रम अघि बढाउन सकिएको जानकारी दिए । उनले आगामी दिनमा यस्ता गतिविधिलाई थप प्रभावकारी ढंगले अघि बढाउने बताए ।
महासचिव भिषा काफ्लेले संस्थाले पछिल्लो एक वर्षमा गरेका सांगठनिक गतिविधिका बारेमा जानकारी गराएका थिए । आठ वर्ष अघि ११ जना पत्रकारबाट सुरु भएको संगठनले अहिले ७६ जनामा विस्तार भएको भन्दै अव छिटै नै प्रदेश तहमा आफ्नो सञ्जाल विस्तार गर्ने योजनामा अघि बढेको बताए ।कार्यक्रममा कोषाध्यक्ष कमला गुरुङले संस्थाको आर्थिक प्रतिवेदन पेश गरेकी थिईन् ।
कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा निवर्तमान अध्यक्ष कल्पना आचार्यले स्वास्थ्य पत्रकार मञ्च नेपालको विगत र वर्तमानलाई केलाउँदै यसलाई थप सशक्त र क्रियाशिल गराउनु पर्नेमा जोड दिईन् । उनले सोही अवसरमा स्वास्थ्य पत्रकार कोषमा २५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा समेत गरिन ।
कार्यक्रममा मञ्चका सदस्य बासुदेव न्यौपानेले स्वास्थ्य पत्रकार पुरस्कार कोष स्थापना गर्नका लागि जोड दिंदै त्यसका लागि आफ्नो तर्फबाट बार्षिक रुपमा १० हजार सहयोग गर्ने घोषणा गरेका थिए ।
सोही अवसरमा संस्थाले आफ्नो नयाँ वेवसाइट औपचारिक रुपमा समेत सञ्चालनमा ल्याएको छ ।
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया