शनिबार, चैत १४, २०८२

प्रियंका कार्कीलाई जिम्मा जमानीमा छाडियो

मेरोन्यूज २०७८ चैत ६ गते १९:०१

काठमाडौँ । क्रिप्टोकरेन्सी प्रचारमा संलग्न रहेको भन्दै सोधपुछका लागि बोलाइएकी अभिनेत्री प्रियंका कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले रिहा गरेको छ। उनलाई जिम्मा जमानीमा रिहा गरेको हो।

Advertisement
nepal life insurencenepal life insurence

नेपालमा अवैध रहेको क्रिप्टोकरेन्सीको विवादमा परेकी उनलाई त्यसबारे सोधपुछ गर्न सीआईबीले कार्यालयमा बोलाएको थियो। क्रिप्टोकरेन्सीको विज्ञापनमा तस्बिर उल्लेख भएको विषयमा उनलाई सोधपुछ गरिएको र सोधपुछपछि जिम्मा जमानीमा छाडिएको सीआईबी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) धीरजप्रताप सिंहले जानकारी दिए।

‘उहाँको फेसबुकमा क्रिप्टोकसेन्सीबारे पोष्ट गरेको पाइयो, त्यसपछि कसले र कसरी पोष्ट भयो भनेर सोधपुछका लागि बोलाएका थियौं,’ उनले भने। अनुसन्धान जारी रहेकाले फेरि हाजिर हुने गरी अहिलेलाई जिम्मा जमानीमा छाडिएको उनले बताए।

क्रिप्टोकरेन्सी कारोबार नेपालमा प्रतिबन्धित छ। फागुन ३० गते नेपाल दूरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी कारोबार हुने सबै मोबाइल एप बन्द गर्न निर्देशन दिएको थियो।

नेपालमा अहिले क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाप्टर नेटवर्किङ, अनलाइन जुवा तथा तास गैर कानूनी छ। यस्ता, क्रियाकलापले गर्दा आर्थिक अपराध बढेको भन्दै सूचना तथा प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयले बन्द गराउन प्राधिकरणलाई निर्देशन दिएको थियो। सोही आधारमा प्राधिकरणले बन्द गराएको थियो।

प्रतिक्रिया