‘माओवादीका वडाध्यक्षहरू एमाले प्रवेश गरेको कुरा झुट्टा मात्र’

काठमाडौँ । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका प्रमुख सचेतक ठम्बरबहादुर विष्ट एमाले प्रवेश गरेका छन्। उनलाई एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्वागत गरेका थिए।
एक कार्यक्रमबीच विष्टसहित सुर्खेतको गुर्भाकोट नगरका सबै वडाध्याक्षसमेत एमाले प्रवेश गरेको भन्दै नामावाली बाचन गरिएको कुरा झुट्टो भएको बताएको छ। सबै वडाध्यक्षले आफूहरू एमाले प्रवेश गरेको प्रचार झुट्टा र भ्रम छर्न भएको बताएका छन्। उनीहरूले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो।
‘नेकपा माओवादी केन्द्र गुर्भाकोट नगरअर्न्तगतका वडाध्यक्षहरू समेत एमाले प्रवेश गरेको भनी बाचन गरेको नाम झुट्टा र काल्पनिक मात्र भएको अवगत गराउँद छौँ,’ वडाध्यक्षहरूले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, ‘विचलित व्यक्तिका पछाडि नलागी क्रान्तिकारी पार्टी नेकपा माओवादी केन्द्रकै वरिपरी संगठित भई पार्टीलाई थप सुदृढ र बलियो बनाउनका लागि सम्पूर्ण पार्टी सदस्य र क्रान्तिकारी एवं प्रगतिशिल जनसमुदायमा अपिल गर्दछौँ।’

















प्रधानमन्त्रीद्वारा भारत र पाकिस्तानका नेताहरुप्रति कृतज्ञता व्यक्त, सहकार्यको प्रतिबद्धता
मेक्सिकोमा हराएका एक लाख ३० हजार मध्ये करिब ४० हजार अझै जीवित
Hetauda Cement Industry resumes clinker production
प्रहरी घेरा ताेडेर सिंहदरबार गेटमा पुगे एमालेका कार्यकर्ता
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
तीन महिनाका लागि एन्फा निलम्वन
प्रतिक्रिया