चिनियाँ बिदेशमन्त्री तीन दिने नेपाल भ्रमणमा शुक्रबार काठमाडौं आउँदै

काठमाडौं । चिनियाँ बिदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणको सिलसिलामा शुक्रबार काठमाडौं आउने भएका छन् ।
नेपाल र चीन दुबै देशले वाङको नेपाल भ्रमणको आज औपचारिक घोषणा गर्दै छन् । उनले यही चैत ११ देखि १३ गतेसम्म नेपालको भ्रमण गर्नेछन् ।
तय भएको कार्यक्रम अनुसार चिनियाँ बिदेशमन्त्री वाङ चैत ११ गते बेलुकी काठमाडौं आइपुग्ने छन् ।
वाङको महत्त्वपूर्ण कार्यक्रमहरु सबै चैत १२ र १३ गतेलाई राखिएको छ ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार चैत १२ गते नेपाल-चीन परराष्ट्र मन्त्री स्तरिय द्विपक्षीय बैठक बस्नेछ ।
नेपाल भ्रमणको बेला उनले रास्ट्रपति बिद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अन्य प्रमुख दलका शिर्ष नेताहरुसग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।
चिनियाँ बिदेश मन्त्री वाङ चैत १३ गते साझ स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

















हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि
कोका–कोला नेपालले सुरु गर्यो फिफा वल्ड्र कप २०२६ अभियान
UML Chair undergoes surgery
वर्षको अन्तिम दिन घट्यो सेयर बजार
उपसभामुख ठाकुरले लिइन् शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया