शनिबार, माघ १०, २०८२

निर्वाचन आयोग गठबन्धनसँग मिल्यो : ओली

मेरोन्यूज २०७८ चैत ७ गते १३:०९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग सत्ता गठबन्धन दलसँग मिलेको आरोप लगाएका छन् । हाल जारी नेकपा एमालेको पोलिटब्युरो वैठकमा बोल्दै ओलीले आयोग विरुद्ध यस्तो आरोप लगाएका हुन् ।

उनले वैठकमा बोल्दै यसपालिको निर्वाचनमा मतपेटिकालाई आँखाबाट ओझेल गर्न दिन नहुने बताएका छन् । ओलीले भने, ‘यसपटक हामी मतपेटिका आँखाबाट ओझेल गर्न मञ्जुल गर्दैनौं । किनभने हामी षडयन्त्रभित्र छौं । काउन्टिङ अन्त्य नभएसम्म अन्तिमसम्म मतपेटिका हाम्रो आँखा अगाडि हुनुपर्छ । विश्वास गर्नुस् भन्ने कुरा हुँदैन । विश्वासको कुराले हुने भए गोप्य मतदान नै किन चाहिन्थ्यो ?’

उनले निर्वाचन आयोगसमेत एमालेविरुद्ध लागेको भन्दै सचेत रहन पार्टी पंक्तिलाई आग्रह गरेका हुन्

प्रतिक्रिया