एनआईसी एशिया बैंकको एपमार्फत देशभर पैसा पठाउन सकिने
काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो ग्राहकले मोबाइल बैंकिङ्ग एपमार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने योजना सार्वजनिक गरेको छ। बैंकले गत चैत्र १ देखि ०७९ वैशाख ३१ सम्म उक्त योजना ल्याएको हो।
यस योजनामा ग्राहकले एनआईसी एशिया मोबैंक प्रयोग गरी निःशुल्क देशभर रकम पठाउन सक्ने छन्। यस सुविधाबाट बैंकका ग्राहकले आफ्ना परिवारजन तथा आफन्तलाई सहज रुपमा रकम पठाई योजनाको भरपुर लाभ उठाउन सक्ने छन्।
यस योजनाअन्तर्गत ग्राहकले जुनसुकै स्थानबाट, जुनसुकै समयमा बैंकिङ एपमार्फत रेमिट रकम सहज रुपमा पठाउन सक्ने छन्। यसका लागि ग्राहकले बैकिङभित्र रहेको सेन्ट रेमिट आइकनमा ट्याप गरेपश्चात् रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिट्यान्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिट्यान्स पठाउन सक्ने छन्।
देशभर ३५८ शाखा, ४७३ एटिएम, ९८ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा प्रदान एनआईसी एसियाले थप आर्कषक योजना ल्याएको हो।













पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आज देशभरको मौसम ?
आज २०८२ साल पुस १५ गते मंगलबारको राशिफल
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
प्रतिक्रिया